Latest Updates :

झापामा बस दुर्घटना १२ जना घाईते......हेर्नुहोस

SHARE THIS POST :


दमक/झापाको दमक–चियाबगान सडकखण्डको बेतनी कल्र्भटमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
घाइतेमध्ये बसमा सवार एक वृद्धाको अवस्था गम्भीर रहेको छ । काकड्भिट्टाबाट उदयपुरको बेल्टारतिर जाँदै गरेको मे १ ख ९७१ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार चालकसहित १२ जना घाइते भएका छन् ।

बिहान ७ः३० बजे दमक–१६ स्थित पूर्व–पश्चिम राजमार्गको बेतनी कल्भर्टमा उक्त बस अनियन्त्रित भएर पल्टिँएको हो ।

दुर्घटनामा परी घाइते भएकामध्ये बेल्टार–६ निवासी ६० वर्षीया याममाया कटुवाललाई थप उपचारका लागि विराटनगर पठाइएकोे इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । अन्य घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । रासस


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger