Latest Updates :

काठमाण्डाै बधसालाकाे दर्दसा : सयमा ९ पसलको मासुमात्रै खानयोग्य....हेर्नुहोस्

SHARE THIS POST :

काठमाडौं / काठमाडौं उपत्यकाका एक सय दुईवटा मासुपसल अनुगमन गर्दा ९ वटा पसलबाट बेचिने मासुमात्र खान योग्य रहेको फेला परेको छ। पशुपन्धी मन्त्रालयले हालै काठमाडौं, भक्तपुर र ललितपुरका यी मासुपसलमा अनुगमन गरी गुणस्तर परीक्षण गरेको थियो।
मन्त्रालयले विशेषज्ञ टोली खटाएर अनुगमन गर्दा यी मासुपसलबाट बेचिने कुखुरा, खसी, राँगा र बंगुरको मासु मानव स्वास्थ्यका लागि घातक भएको अत्याधुनिक भौतिक पूर्वाधार तथा साजसज्जासहित सञ्चालनमा रहेका मासुपसलबाट बेचिने मासु पनि गुणस्तरहीन फेला परेको थियो।
अनुगमन  टोलीले उपत्यकाका अधिकांश मासुपसलबाट बेचिने मासु खान लायक नभएको भन्दै मंगलबार पशुपन्छी राज्यमन्त्री नरदेवी पुनमगर र सचिव कृष्णचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदन अनुसार एक सय दुई पसलबाट बेचिने मासुको जीवाणुसम्बन्धी र एन्टिबायोटिक औषधिसम्बन्धी दुई खाले परीक्षण गरिएको थियो। अाजकाे अन्नपूर्ण पोष्टमा खबर छ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger