Latest Updates :

सुनको सर्ट लगाएर भड्किलो व्यवहार देखाएको भन्दै व्यापारीको हत्या.....

SHARE THIS POST :
नयाँ दिल्ली, ३१ असार । करोडौं पर्ने सुनको सर्ट लगाएर गिनिज बुकमा नाम लेखाउन सफल भारतीय व्यापारी दत्ता फुगेको गएराति हत्या भएको छ ।
विहीबार फुगेको हत्या भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । एउटा जन्मदिनको कार्यक्रमबाट घर फर्किने क्रममा उनको हत्या भएको हो । आक्रमणकारीले फुगेलाई ढुङ्गाले हानेर हत्या गरेका थिए ।

सन् २०१३ मा २ लाख ३५ हजार अमेरिकी डलर बराबरको सुनको सर्ट बनाएर फुगेले आफ्नो नाम गिनिज बुकमा लेखाउन सकेका थिए । उनको यस प्रकारको भड्किलो व्यवहारले गर्दा कैयौं मानिसहरु आक्रोशित पनि भएका थिए । फुगेको गैर सामाजिक व्यवहारबाट क्रुद्ध मानिसले उनको हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुमान लगाइएको छ ।


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger