कब्जियतले आजित बन्नुभएको छ ? यि फलका जुस पिउनुहोस् सब ठिक हुन्छ......
एजेन्सी । आधुनिक समयसँगैको भागदौडका बिच मानिसहरुले खान पान र आरामको समय तालीका मिलाउन नसक्दा विभिन्न किसिमका समस्याहरु दिनानुदिन भोग्दै गइरहेका छन् । यही बिचमा आम मानिसमा मुख्य समस्याका रुपमा देखापरेको छ कब्जियत । कब्जियतका कारण तपाई तनावमा हुनुहन्छ भने आफ्नो खानपान सहित यि फलफुलका जुसहरु नियमित पिउनुभयो भने कब्जियत केही समयमा हराएर जान्छ ।
स्याउको जुस
यदि तपाईलाई कब्जियतको समस्या छ भने नियमित रुपमा स्याउको जुस पिउनुहोस्, फलदायक हुन्छ । स्याउको रसमा पाइने फाइबरका कारण यसले शरीरमा फाइबरको मात्रा बढाउँछ र नियमित शौचका लागी शरीरको पाचन प्रक्रियालाई सक्रिय बनाउन मद्धत गर्छ । कब्जीयतको उपचारका लागी फाइबरले विशेष अर्थ राख्ने गर्छ ।
नासपतिको जुस
स्याउ जस्तै नासपती पनि कब्जियत हटाउनका लागी फलदायक मानिन्छ । नासपतिको रसले पाचन शक्तिलाई बढाउने हुँदा यसको सेवनले कब्जियत हटाउन मद्धत गर्छ ।
सुन्तलाको जुस
दैनिक एक गिलासको दरले सुन्तलाको रस पिएको खण्डमा यसले कब्जियत निवारणमा विशेष भूमिका खेल्न सक्छ । सुन्तलामा पनि फाइबरको मात्रा अत्यधिक हुने हुँदा यसले कब्जियतको बिरुद्धमा काम गर्छ ।
भुईकटहरको जुस
अन्उ फलफूलहरु जस्तै भुईकटहरको जुसमा पनि औधी फाइबर पाइन्छ । यसको नियमित सेवन गरेको खण्डमा शरीरमा स्फुर्ती बढ्न पुग्छ र कब्जियतको समस्या पनि हट्छ ।
व्यवस्थापिका-संसद् बैठकको तेस्रो दिनको लाइभ मीडियाएनपी बाट
Loading...
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें