Latest Updates :

जाँदाजाँदै ओली सरकारको अर्काे बोल्ड निर्णय: भारतीय टेलिभिजनको विज्ञापन नेपालमा बन्द......हेर्नुहोस्

SHARE THIS POST :

काठमाडौं,  । सरकारले स्वदेशी टेलिभिजन र विज्ञापन एजेन्सीलाई प्रोत्साहन गर्न तथा विदेशी विज्ञापनको प्रभाव रोक्न ‘क्लिन फिड’ लागू गर्ने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिइसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ‘क्लिन फिड’ लागू गर्ने निर्णय गरेको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।

यो निर्णयसँगै अब भारतीय च्यानलहरु नेपालमा विना विज्ञापन चल्नेछन् । नेपाली बजारमा भारतीय च्यानलहरुको वचश्र्व रहँदै आएकोमा यो निर्णयले भारतलाई झट्का पनि लागेको छ ।



भारतीय टेलिभिजन च्यानलको दबादबा रहेको नेपालमा यो निर्णयले ती टेलिभिजनलाई पनि ठूलो धक्का लाग्ने विश्लेषण गरिएको छ ।

नेपाली बजारलाई उपयोग गर्दै विज्ञापन बजारको फाइदा उठाइरहेका भारतीय टेलिभिजन च्यानल अब समस्यामा पर्नेछन् । नेपालविरुद्धको समाचार पनि प्रसारण गर्ने र नेपाली बजारमा निर्वाध विज्ञापन गरी भारतीय उत्पादनको विज्ञापन समेत गरिरहेका भारतीय टेलिभिजन च्यानलले अब भने नेपालमा विज्ञापनरहित प्रसारण मात्र गर्न पाउने छन्दैनिक नेपालबाट




SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger