Latest Updates :

दम्पतीको यौन भिडियो बाहिरिएपछि...यस्तो तनाब हेर्नुहोस....

SHARE THIS POST :
काठमाडौं- राजधानीकै एक दम्पती। बिहे भएको लामै समय बितिसकेको थियो। एक दिन पतिले पत्नीलाई आफ्ना गोप्य क्रियाकलाप क्यामेरामा कैद गर्ने प्रस्ताव राख्छन्। पत्नी सुरुमा त आनाकानी गर्छिन्। तर, पतिले आफ्ना गोप्य क्षण अविस्मरणीय बनाउने भन्दै कुनै जोखिम नरहेको आश्वस्त पारेपछि उनी तयार भइन्।

त्यो भिडियो आफूसँग सुरक्षित रहेकोमा उनीहरू ढुक्क थिए। तर, एक दिन यस्तो आयो, उनीहरू छाँगाबाट खसेझैं भए। दम्पतीले आपसी सहमतिमा क्यामेरामा उतारेका निर्वस्त्र क्रियाकलाप चिनेजानकै एक व्यक्तिको हातमा थियो। ऊ त्यही भिडियो देखाएर मोटो रकम माग गर्न थाल्यो। लाज र डरले हायलकायल दम्पती अन्त्यमा प्रहरीको शरणमा पुगे।

कुनै चलचित्रको कथाजस्तो लाग्ने यस्ता घटना अहिले राजधानीमा छ्यापछ्याप्ती बाहिर आउन थालेका छन्। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले अहिले यस्तै एउटा घटनामा अनुसन्धान अघि बढाएको छ। महाशाखाले ती दम्पतीको उजुरीका आधारमा सोमबार उक्त व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले तीनै जनाको नाम गोप्य राखेर अनुसन्धान थालेको छ।


'पतिपत्नी डराएको, लजाएको र हताश मानसिकतामा आएका थिए, धम्क्याउने व्यक्तिलाई पक्राउ गरिएपछि उनीहरू केही ढुक्क त भए तर अझै पूरै निश्चिन्त हुन सकेका छैनन्,' महाशाखाका निमित्त प्रमुख एसपी प्रकाशजंग कार्कीले भने, 'हामीले अनुसन्धान अघि बढाएका छौं। '

उनका अनुसार प्रविधिमा पहुँच सजिलो हुँदै गएका बेला पतिपत्नीले आपसी सहमतिमा खिचेका गोप्य दृश्य तेस्रो व्यक्तिसम्म पुग्न सक्ने सम्भावना नकार्न सकिँदैन। 'त्यस्ता दृश्य खिच्नै हुँदैन, समाजमा अश्लील मानिएका दृश्य छायांकन गर्नु कानुनी रुपमै वर्जित छ,' एसपी कार्कीले थपे।

महाशाखाका अनुसार पछिल्ला दिन यस्ता घटनाका उजुरी दिनहुँजसो आउन थालेका छन्। आपसी सहमतिमा गोप्य क्रियाकलाप छायांकन गर्ने तर मनमुटाब भएपछि सार्वजनिक गर्ने धम्की दिएर फिरौती माग गरिएको पाइन्छ। फिरौती माग्न आफैं वा साथीलाई प्रयोग गर्ने गरिएको अनुसन्धानले देखाएका छन्।

महाशाखाको तथ्यांकअनुसार गत आर्थिक वर्षमा 'साइबरक्राइम' आकर्षित हुने यस्ता ८ सय ३० वटा घटनाका उजुरी प्रहरीमा दर्ता छन्। तीमध्ये २३ वटा मात्र अदालत पुगेका छन्। आव ०७१/०७२ मा महाशाखामा दर्ता ३ सय ११ उजुरीमध्ये सात वटा मात्र अदालत पुगेका थिए।

महाशाखाको साइबर सेलका डिएसपी पशुपति राय अश्लील तस्बिर र भिडियो सामाजिक सञ्जालमा राख्ने, पेज ह्याक गर्ने र त्यसैका आधारमा फिरौती माग्ने गरिएको घटनामाथि यस वर्ष अनुसन्धान तीव्र पारिएको बताउँछन्। उनका अनुसार उपत्यकाभित्र र बाहिरसमेत साइबर क्राइमका घटना बढेका छन्।

'कतिपय क्रियाकलाप गोप्य नै रहन दिनु उत्तम हो, रहरमा गरेका कुराले पछि तनाब दिएका घटना धेरै आइरहेका छन्, सामाजिक सञ्जालबाट ठगीका घटना समेत भइरहेका छन,' रायले नागरिकसँग भने।

महाशाखाले केही समयअघि पनि एउटा यस्तै घटनामा अनुसन्धान गरेको थियो। जुन एउटै कलेजमा एकै कक्षा पढ्ने दुई युवकयुवतीबीच सम्बन्धित थियो। घरमा वाइफाई जोडिएकाले उनीहरूलाई इन्टरनेट चलाउन गाह्रो थिएन। सुरुमा 'फेसबुक'मार्फत अध्ययनका विषय आदानप्रदान गर्ने उनीहरू एकअर्काप्रति आकर्षित हुन थाले। फेसबुकमै प्रेम सुरु भयो। 'च्याटबक्स' प्रेमसंवादले भरिए। हुँदाहुँदा आफ्नो गोप्य तस्बिर पनि साटासाट गर्न थाले।

तर, यो सम्बन्ध एक वर्ष पनि टिकेन। बिस्तारै दुवैमा मनमुटाब हुन थाल्यो। युवकले रिसको झोकमा कुनै समय युवतीले लहलहैमा पठाएको उनको अश्लील तस्बिर 'फेसबुक' मा पोस्ट गरिदिए। युवतीको परिवार हतारहतार महानगरीय अपराध अनुसन्धान महाशाखाको सम्पर्कमा गयो। परिवारको उजुरीका आधामार महाशाखाको साइबर सेलले इन्टरनेटबाट उक्त हटाइदियो। युवक पक्राउ  परे। प्रहरी युवकविरुद्ध साइबर अपराधअन्तर्गत कारबाही अघि बढाउने तयारीमा थियो। तर, दुवै परिवारले घटना बाहिर गए बेइज्जती हुने भन्दै आपसी सहमतिमा टुंग्याउने निर्णय गरे। मेलमिलापको प्रक्रियामा महाशाखाले सहमति दियो।

अहिले दैनिक दुईदेखि १० वटासम्म यस्ता उजुरीमा छानबिन भइरहेको महाशाखाले जनाएको छ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger