Latest Updates :

अप्रेशन गरेर बच्चा जन्माउने आमाहरुले के के गर्न हुँदैन ? जानी राखे राम्रो थाहापाई राख्नुहोस....

SHARE THIS POST :
आमा बन्नु हरेक नारीको लागी शौभाग्य को कुरा हो तर आमा बन्दै गर्दा शरीरमा आउने विभिन्न समस्यासँगै जुध्न गाह्रो छ । जब नौ महिना पछि आमाको काखमा बच्चा आउँछ तब सम्पूर्ण कष्ट उनले सजिलै विर्सिन्छन् । बच्चाको जन्म हुँदा आमालाई पर्ने कष्ट उनैलाई थाहा हुन्छ । बच्चालाई जन्म दिने प्रक्रिया दुई प्रकारका छन् । एउटा प्राकृतिक प्रसव र अर्को सिजेरियन प्रसव । आजभोलीको जीवनशैलीका कारण सिजेरियन गर्नेको सँख्या बढ्दो छ ।

 अप्रशेनबाट बच्चा जन्माए पश्चात आमाको शरिरको विशेष ध्यान दिन जरुरी छ : अप्रेशनको २ महिनासम्म भारी सामान बोक्नु हुँदैन किनकी ब्लिडिङ हुने सम्भावना हुन्छ । सिजेरियनपछि महिलाले त्यस्तो काम गर्नुहुँदैन जसले पेटमा दबाब परोस् । यसले टाँका टुट्ने र सुनिने डर हुन्छ । आमाले डिहाइड्रेसन हुन नदिन पोषिलो खाना र पेय पदार्थ खानु पर्छ । यो अवस्थामा कब्जियतको समस्या हुने भएकाले पर्याप्त मात्रामा पानी र फाइबरयुक्त फल र सागपातको सेवन बढी गर्नुपर्छ । अप्रेशनलगत्तै सिढी चढ्नु हँुदैन । यसबाट पनि शरिरमा जोर पढ्छ र थकाइ पनि बढी लाग्ने हुन्छ ।

 यसले ब्लिडिङ पनि हुन सक्छ । सिजेरियन प्रसव पछि करिब एक महिनासेक्स नगर्दा राम्रो हुन्छ । अप्रेशन पश्चात संक्रमण हुने रोगहरुबाट बच्नु पर्छ । विशेषगरी रुखाखोकी बाट बच्नुपर्छ, जोरसँग खोक्दा वा हाछ्यु गर्दा टाँका टुुटने डर हुन्छ । बढी भिडभाड भएको ठाउँमा संक्रमण उत्पन हुने भएकाले यसबाट बच्ने र यदि रुघाखोकी लाग्यो भने तुरुन्तै डाक्टरसँग सल्लाह लिने गर्नुपर्छ । अप्रेशन पश्चात तेलमा तारेको वा प्राइड फुड त बिर्सेर पनि खानु हँुदैन । यसले स्वास्थ्यलाई निकै हानी गर्छ ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger