Latest Updates :

प्रहरीमाथि हातपात गर्ने नेता पक्राउ......हेर्नुहोस्

SHARE THIS POST :

नेता पक्राउ परेपछि जनकपुरको पिडारी चोकमा आइतबार चक्का जाम गर्दै विभिन्न राजनीतिक दलका कार्यकर्ता ।

जनकपुरधाम: शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि पोसाकसमेत च्यातेर बन्दुक खोस्ने प्रयास गरेका राजनीतिक दलका नेताहरूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा चलाएको छ ।

जनकपुर उपमहानगरपालिका १४ रजौलस्थित श्री जनता माध्यमिक विद्यालयमा भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट छुट्याइएको ३२ लाख रुपैयाँ बाँडफाँट गरी मनमौजी हिसाबले खर्च गर्न खोज्ने राजनीतिक दलका नेताबीच उत्पन्न भएको विवादमा प्रहरीले हस्तक्षेप गर्दा प्रहरीमाथि नै हुलहुज्जत भएको हो ।

विद्यालयका पूर्वव्यवस्थापन समिति अध्यक्ष कांग्रेसका जिल्ला नेता रामवरण पासवानले समाजको सहमतिबिना निर्माण समिति गठन गरी भवन निर्माणबापत आएको रकम खर्च गर्न खोजेपछि नेकपा माओवादी केन्द्र, मधेसी जनअधिकार फोरम नेपालसहितका राजनीतिक पार्टीका नेताले हस्तक्षेप गरेको र सोही कारण विवाद उत्पन्न भएको नेकपा माओवादीका धनुषा जिल्ला संयोजक झल्कु यादवले बताए ।

सोही क्रममा शनिबार राति पासवानको घरमा फोरम नेपालका रामसुखी यादवबीच विवाद र झैझगडा भइरहेको अवस्थामा वडा प्रहरी कार्यालय मुजेलियाबाट प्रहरी सहायक निरीक्षक शुभनारायण साहसहितको टोली पुगी विवाद मिलाउने प्रयास गरेको थियो । तर प्रहरीको कुरा सुन्नुको साटो नेताहरूले प्रहरीटोलीमाथि हातपात गरेपछि रामसुखी यादवलाई पक्राउ गरिएको थियो ।


College

यादव पक्राउ परेपछि अवस्था सामान्य भइसकेको बेला नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य रामचन्द्र मण्डलसहित एक दर्जन युवाको समूहले रामवरण पासवानकै घर छेउमा प्रहरीमाथि हातपात गर्ने अन्य व्यक्तिलाई खोजी गरिरहेका प्रहरी हबल्दार धमेन्द्र साह र प्रहरी जवान फूलमान गोलेलाई रामसुखीलाई पक्राउ गर्ने तिमीहरूनै हौ भन्दै घाँटीमा समाएर तान्दै दुव्र्यवहार गरेका थिए ।

प्रहरीको पोसाक च्यातेर दुव्र्यवहार गर्दै नेता मण्डलले प्रहरी जवान गोलेलाई आफ्नो घरतर्फ डोर्‌याउंदै बन्दुकसमेत खोस्ने प्रयास गरेको प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जनाए । प्रहरीहरूमाथि हातपात भएको थाहा पाएपछि थप प्रहरी टोली घटनास्थल पुगेर मण्डलसहित १२ जना दलका नेतालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा रामसुखी यादव, रामचन्द्र मण्डल, रामवरण पासवान, विष्णु चौधरी, बजरंगी पासवान, श्रीराम साह, धीरेन्द्र ठाकुर, रामसोभित यादव, गोपाल चौहान, विवेक यादव, उदय यादव र अरबिन्द मण्डल छन् । प्रारम्भिक अनुसन्धानमा बजरंगी पासवान, श्रीराम साह, धीरेन्द्र ठाकुर र अरबिन्द मण्डलको घटनामा संलग्नता नदेखिएपछि उनीहरूलाई छाडिएको र अन्य सबैमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत प्रक्रिया अघि बढाइएको डीएसपी पोखरेलले जानकारी गराए ।

नेता पक्राउ परेपछि सम्बन्धित राजनीतिक दलहरूले पिडारी चोकमा टायर बालेर राजमार्ग अवरुद्ध पारेका थिए । उनीहरूले प्रहरीले आफूहरूमाथि ज्यादती गरेको भन्दै प्रहरी उपरीक्षकको विरोधमा नाराबाजीसमेत गरेका थिए । नेताहरूको यस्तो क्रियाकलापका कारण राजमार्ग क्षेत्र करिब तीन घन्टा अवरुद्ध भयो ।
आफ्नो पार्टीका नेतालाई नछाडिए कडा आन्दोलन गर्ने चेतावनीसमेत राजनीतिक दलले दिएका छन् ।
अन्नपूर्णपोस्ट बाट
 

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger