Latest Updates :

अनौठो मन्दिर जहाँ देवता होइन रावण देखि दुर्योधनसम्मलाई पुजा गरिन्छ......हेर्नुहोस्

SHARE THIS POST :

मन्दिरमा देवी देवताको पुजा गरिन्छ । हिन्दु धर्मशास्त्रमा जगतको भलाई गर्ने भगवानको पुजा गरिन्छ तर राक्षसहरुको पुजा कहीँपनि गरिन्न । तर भारतमा भने केही यस्ता मन्दिरहरु छन् जहाँ देवता मात्र होइन दानवको पनि पुजा गरिन्छ । त्यस्तो अनौठा मन्दिरहरु यी हुन्ः

१. भारतको आन्ध्रप्रदेशमा रावणको ठूलो मन्दिर छ । रावणको पुजा गर्नका लागि त्यहाँ मानिसहरु टाढा टाढाबाट आउँछन् । त्यस्तै कानपुर, विदिशा तथा मन्दोरमा पनि रावणको मन्दिर रहेका छन् ।

२. भारतको मेसुरमा कौरवकी आमा गान्धारीको मन्दिर छ । उक्त मन्दिर सन् २००८ मा बनेको हो । मन्दिर बनाउन अढाइ करोड भारु लागेको थियो ।

३. भारतको केरालस्थित कोल्लममा मलानादा नामको मन्दिर रहेको छ । यो मन्दिरमा दुर्योधनको पुजा हुन्छ । यो शकुनी मन्दिरको नजिक छ । यो मन्दिरमा रातो कपडा, ताड तथा सुपारी चढाएर पुजा गर्ने चलन छ । नजिकै रहेको शकुनी मन्दिरमा एउटा ढुंगा छ । जसलाई महाभारतमा दुष्टपात्र भनिने कौरवको मामा शकुनीले प्रयोग गरेको विश्वास गरिन्छ ।एजेन्सीको सहयोगमा

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger