Latest Updates :

के तपाईलाई निद्रा लाग्दैन ?......हेर्नुहोस

SHARE THIS POST :


काठमाडौँ ।  राति ओछ्यानमा पल्टियो, तर निद्रा नै पर्दैन । धेरैले यस्तो समस्या भोग्ने गरेका छन् । आाखा चिम्लिएर निदाउन खोजे पनि कुनै सीप लाग्दैन । मानसिक र शारीरिक कुनै समस्या छैन, तर पनि निद्रा नै आउादैन । तपाईं पनि यस्तै समस्याले हैरान हुनुहुन्छ भने सुत्नुअघि केही नियम पालना गर्न निद्रारोग विशेषज्ञ डा. सुबोधसागर ढाकालले सुझाब दिएका छन् :

    निद्रा नलाग्ने समस्याका पछाडि मुख्य भूमिका मोटोपनले खेलेको हुन्छ । तपाईं मोटो हुनुहुन्छ भने भुँडी घटाउन पहिलो प्रयास हुनुपर्छ । यसका लागि कम्तीमा एउटा कुरा मान्नुहोस् कि सुत्नुभन्दा तीन घन्टाअगाडि नै खाना खाइसक्नुपर्छ । खाना खाएको तीन घन्टापछि सुत्दा भुँडी लाग्न पाउँदैन । सुत्नुभन्दा तीन घन्टाअघि खाना खाने नियमित रुटिन नै बनाउनुहोस् ।
    सुत्नुभन्दा एक घन्टाअघि मनपर्ने पाटोतर्फ मन केन्द्रित गर्नुहोस् । अधिकांशका लागि गीत–संगीत सुन्ने बानी बसाल्नु राम्रो हुन्छ । किताब पढ्ने बानी पनि राम्रो हो । सुत्नुभन्दा एक घन्टाअघि गरिएको यस्तो मनपर्ने क्रियाकलापले राम्रो निद्रा पार्न भूमिका खेल्छ ।
    निद्रा लागेपछि मात्रै ओछ्यानमा जाने बानी बसाल्नुहोस् । निद्रा लागेको छैन, तर सुत्न भन्दै ओछ्यानमा जाँदा निद्रा नपर्न सक्छ । यस्तो गर्दा निद्रा झनै गडबड हुनसक्छ । निद्रा लागेको छैन भने ओछ्यानमा जाँदै नजाने । जब निद्रा लाग्ने बानी पर्छ तब सुत्ने समय सधैँ निश्चित कायम गर्नुहोस् । बिहान उठ्ने समय पनि सधैँ एउटै हुनुपर्छ ।
    ओछ्यानमा गएको आधा घन्टासम्म पनि निद्रा लागेन भने बलजफ्ती निदाउने प्रयास गर्नु गल्ती हुनेछ । यता–उता कोल्टिँदै जबर्जस्ती निदाउने झन्झट छाडिदिनुहोस् । तुरुन्त ओछ्यानबाट उठेर आफूलाई सबैभन्दा अल्छी लाग्ने काम गर्नुहोस् । अल्छी लाग्ने काम गर्दा झनै अल्छी लाग्न थाल्छ । र, ४०–४५ मिनेटपछि आफैँ निद्रा लाग्छ ।
    अधिकांशमा निद्रा रोग निम्त्याउने एउटा प्रमुख कारण सुत्ने कोठामा टिभी राख्नु हो । ओछ्यानमा बसेर टेलिभिजन हेर्न थाल्यो भने निद्रा लाग्दैन । सुत्ने रुटिनभन्दा एक घन्टाअगाडिबाट सस्पेन्स, एक्सन र भूतको फिल्म हेर्नु हुँदैन ।नयाँ पत्रिका बाट

 

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger