Latest Updates :

झापामा अनाैठाे घटनाकाे खुलासा : श्रीमानले याैन इच्छा पुरा नगरेकाे भन्दै श्रीमतीले दिइन प्रहरीमा उजुरी... हेर्नुहोस यो अचम्मको खबर...

SHARE THIS POST :
सुरेन्द्र भण्डारी / (फाइल तस्विर) झापा – जब उनले दोश्री श्रीमती भित्र्याए , घरमा कलह शुरुभयो । कारण थियो शारीरिक सम्पर्कको । श्रीमान्ले आफ्नो इच्छा पुरा नगरेको भन्दै कान्छी श्रीमतीले प्रहरी समक्ष उजुरी नै गरिन् । शुरुमा त श्रीमान् श्रीमतीबीचको शारीरिक सम्पर्क र त्यसमा पनि श्रीमतीबाटै यस्तो उजुरी आउँदा प्रहरी पनि चकित प¥यो । इलाका प्रहरी कार्यालय बिर्तामोडमा परेको उक्त उजुरीसंग सम्वन्धित नाम ठेगाना भने गोप्य राखिएको छ ।

श्रीमतीले आफूलाई समय नदिएको र श्रीमानले शारीरिक सम्पर्कका लागि ध्यान नदिएको भन्दै योसंगै इलाका प्रहरी कार्यालय बिर्तामोडमा चालू आर्थिक वर्षमा तीन वटा उजुरी परेका छन् । प्रहरी समक्ष परेका ३ सय २२ वटा मुद्दा मध्ये यि मुद्दा फरक प्रकृतिका रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।श्रीमानले श्रीमतीलाई शारीरिक वा मानसिक यातना दिएका घटना हामीले सुनेका पनि छौं कतिले देखेका पनि छौं । तर, श्रीमतीले श्रीमानलाई शारीरिक तथा मानसिक यातना दिएको विरलै मात्र सुनिन्छ ।

श्रीमनले आफूलाई शारीरिक सम्पर्क नगरेको र गरेपनि आफ्नो इच्छा पूरा नगरेको भन्दै प्रहरी समक्ष उजरी गर्न आइपुगेकी ति महिला र पुरुषलाई प्रहरीले मिलाउन खोज्यो तर प्रहरीको प्रयत्न विफल भयो । लामो समयसम्म इलाका प्रहरी कार्यालयको परिसरमा पती पत्नीको सम्वन्धलाई स्थापित गराउन प्रयत्न गरेपनि श्रीमतीले अन्तत मुख खोलिन– के वस्नु यस्तासंग चाहेको समयमा शारीरिक सम्पर्क नै गर्दैनन्, गरेपनि इच्छा पूरा नगर्नेसंग किन बस्ने म त सक्दिन । शुरुमा त मिलापत्र गराउन बसेको प्रहरी नै जिल्ल परे । अन्तत श्रीमतीले श्रीमानसंगको शारीरिक सम्पर्कबाट असन्तुष्टि जनाएपछि प्रहरीले उक्त मुद्धा दर्ता गरेको बताइएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका पत्नीबाट पीडित बनेको भन्दै श्रीमती विरुद्ध पनि उजुरी आउने गरेको प्रहरीले जनाएको छ ।

२०७ वटा मुद्दा फर्चौट

चलू आर्थिक वर्षमा इलाका प्रहरी कार्यालय बिर्तामोडमा परेका उजुरी मध्ये २०७ वटा फर्चौट भएका छन् । प्रहरीमा चालू आर्थिक वर्षको साउनदेखि असार २० गतेसम्म ३२२ बटा मुद्धा दर्ता भएका थिए । जुसमध्ये सवै भन्दा बढी केही सामाजिक अपराध रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी खण्डवहादुर खत्रीले बताए । खत्रीका अनुसार केही सार्वजनिक अपराधमा १२७ वटा मुद्दा परेका छन् । ती मुद्दा सवै फर्चौट भएको बताइएको छ । केही सार्वजनिक अपराधपछि इलाका प्रहरी कार्यालय बिर्तामोडको एरियामा पर्ने स्थानमा झुण्डिएर आत्महत्या गर्नेको संख्या अधिक रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

वर्षभरि घटेका घटनाको विवरण
शीर्षक जम्मा
कर्तव्य ज्यान ७
सवारी ज्यान ३१
केही सार्वजनिक अपराध १२७
जवरजस्ती करणी ९
चोरी,कुटपिट, अंगभङग भङ्ग १
झुण्डि आत्महत्या ६१
विष शेषनबाट मृत्यु ९
पानीमा डुवेर मृत्यु ३
खेलाले वगाएर मृत्यु १
ज्यान मार्ने उद्योग १
सरकारी छाप दस्तखत किर्ते ३
जवरजस्ती करणी उद्योग ४
लागू औषध १०
आगो लगाई आत्महत्या १
लडेर मृत्यु ४
सुतेकै ठाउँमा मृत्यु १०

चोरी७
साइकलबाट लडेर मृत्यु १
सवारीबाट भ त ज्यान २
जुवा १
मृत फेला ६
विस्पोटक पदार्थ १
हात हतियार २
ठगी ३
करेन्ट लागेर मृत्यु ५
भवितव्य ज्यान ८
मनव वेच विखन ओसार पसार १
वहु विवाह १
मनव वेच विखान सम्वन्धी १
जम्मा ३२२


पुर्बेली न्युज बाट

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger