Latest Updates :

ल्वाङका फाइदाहरु यस्ता छन् .....हेर्नुहोस्

SHARE THIS POST :

(1)ल्वाङको प्रयोग मसला र औषधिका रूपमा पहिलादेखि हुँदै आएको छ । ल्वाङमा धेरै औषधीय गुण छन् । जसले तपाईंका सानातिना स्वास्थ्य समस्यामा लाभ पु¥याउँछ ।

    एक लिटर पानीमा ८–१० गोटा ल्वाङका राखेर पानी उमाल्ने । पानी मनतातो भइसकेपछि पिउने । रुघा र ज्वरो आएको मानिसलाई यस पानीले फाइदा पु¥याउँछ ।
     पेटमा जुका परेको छ भने ३–४ गोटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाउने र खाने । केही दिनसम्म यसो गरेमा समस्याबाट राहत पाउन सकिन्छ ।
    मुखमा घाउ भएको भने दुईतीनटा ल्वाङ हल्का भुटेर मुखमा राख्ने र चुस्ने ।
    ८–१० गोटा ल्वाङ पिसेर नरिवल तेलमा मिसाउने र मसाज गर्ने । यसो गर्दा टाउको दुखाइबाट राहत पाउन सकिन्छ ।
    गर्धन दुखेको छ भने तोरीको तेलमा केही गोटा ल्वाङका पिसेर मिसाउने र गर्धनका मसाज गर्ने । दुखाइको अन्त्य हुनेछ ।
     दाँत दुखेमा दुईतीनटा ल्वाङ पिसेर एक चम्चा कागतीको रसमा मिसाउने । यो मिश्रण दाँतमा घस्ने । दाँत दुखाइमा राहत पाउनुहुनेछ ।
    एक कप उमलिएको पानीमा दुइटा ल्वाङ पिसेर हाल्ने । पानी चिसो भएपछि पिउने । यसो गर्दा पेटमा ग्यासको समस्याबाट राहत मिल्नेछ ।
    दुईतीनटा ल्वाङसँग एउटा सुकुमेल चपाउने । यसो गर्दा सास गन्हाउने समस्याबाट मुक्ति पाइन्छ ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger