Latest Updates :

चाेखाे प्रेमकाे बदला मृत्यु पाए : सानो जात भएकै कारण भयो अजितकाे हत्या.....हेर्नुहोस

SHARE THIS POST :
धादिङ । काभ्रेको पाँचखाल नगरपालिका—६ का १८ वर्षीय अजित मिजारको हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै बुधबार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीलाई धादिङका अधिकारकर्मीले ज्ञापनपत्र बुझाएका छन् ।

काभ्रेबाट अपहरण गरी ल्याएर हत्या गरिएका मिजारको लास धादिङको कुम्पुर–३ मलेखु नजिकै प्रतीक्षालयमा झुन्ड्याइएको अवस्थामा फेला परेको थियो । काभ्रे जिल्लाको बाउन्नकिलो निवासी कल्पना पराजुलीसँग प्रेमविवाह गरेपछि उमेर नपुगेर आफ्नो परिवारको जिम्मा लगाइएको लगत्तै दलित भएकै कारण अजितको हत्या गरिएको भन्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिएको हो ।

जिल्लामा क्रियाशील दलित सेवा सङ्घ, संयुक्त दलित सङ्घर्ष समिति, इन्सेक, संयुक्त दलित अधिकार मञ्च, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, दलित उत्थान तथा पैरवी मञ्च, दलित महिला सङ्घलगायत नौओटा सङ्घसंस्थाले प्रजिअ सुवेदीलाई ज्ञापनपत्र बुझाएको छ ।

हत्या गरिएको प्रशस्त आधार हुँदाहुँदै आत्महत्या भन्ने प्रहरीले अनुसन्धानमा समेत ढिलाइ गरिरहेकाले सत्यतथ्य छानबिन गर्न, हत्या गर्नेलाई कारबाही गर्न माग गर्दै ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र बुझेपछि प्रजिअ सुवेदीले घटना छानबिन भइरहेकाले आवश्यक परेको बखत अधिकारकर्मीसँग छलफल गर्ने बताउनुभयो ।पुर्बेली न्युज बाट


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger