ब्याडमिन्टन खेल्दा-खेल्दै एसएसपी बेहोस....हेर्नुहोस
ब्याडमिन्टन खेलिरहेको अबस्थामा पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगरका प्रमुख एसएसपी राजेन्द्रमान श्रेष्ठ एक्कासी बेहोस भएका छन् । शनिबार कोसी अञ्चल प्रहरी कार्यालय धरानको कबर्डहलमा ब्याडमिन्टन खेलिरहेका श्रेष्ठ एक्कासी बेहोस भएपछी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ ।
ब्याडमिन्टन खेलिरहेको अबस्थामा कबर्डहलमै बेहोस बनेका श्रेष्ठलाई पूर्वक्षेत्रीय प्रहरी कार्यालयका डिआइजी केशरीराज घिमिरेसहितले उपचारका लागि प्रतिष्ठान भर्ना गरेको छ । एसएसपी श्रेष्ठको प्रतिष्ठानको आईसीयूमा उपचार भैरहेको छ । डिआईजी घिमिरेका अनुसार श्रेष्ठ रेगुलर ब्याडमिन्टन खेल्ने र कम्तीमा ७ किलोमिटरसम्म दौडने गर्थे ।
शनिबारको गेममा पहिलो गेम जितेर दोस्र गेम १९–१७ अंकमा पुगेपछी श्रेष्ठ एक्कासी बेहोस भएको उनले बताए । बेहोस भएका श्रेष्ठलाई १० मिनेटको समयभित्र उपचारका लागि प्रतिष्ठान भर्ना गरिएको कोसी अञ्चल प्रहरी कार्यालयका एसएसपी पवन खरेलले बताए ।
श्रेष्ठले साउन महिनाभर माछा मासु नखाइ व्रत बस्ने गरेका कारण स्वास्थ्यमा केही कमजोरी आएका कारण उनी ब्याडमिन्टन खेल्दै गर्दा बेहोस भएको आकलन गरिएको छ । एसएसपी श्रेष्ठको होस खुल्न २४ घण्टा लाग्ने चिकित्सकलाई उद्धृत गर्दै डिआईजी घिमिरेले अन्नपूर्ण पोष्टलाई बताएका छन् ।
श्रेष्ठको प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डाक्टर सञ्जिव शर्मा र प्रसान्त साहको टोलीले उपचार गरिरहेको छ । डाक्टर शर्माका अनुसार एसएसपी श्रेष्ठको मुटुको चाल विग्रिएका कारण बेहोस भएको बताए । श्रेष्ठ विरामी भएको खवर पाएपश्चात उनका परिवारका सदस्य समेत प्रतिष्ठानमा आइसकेका छन् ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल बेहोस् भएका एसएसपी श्रेष्ठलाई भेट्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । अन्नपुर्ण पाेस्ट बाट ।
Loading...
लेबल:
News
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें