जितेन्द्र भण्डारी /पाँचथर –छिमेकीको खुकुरी प्रहार बाट पाँचथरको फिदिम २ स्थित ओदिन वस्ने एक ब्यक्तिको गएराती मृत्यु भएको छ ।सोही ठाउँ वस्ने उनका छिमेकी १९ वर्षिय मनोज तुम्हाम्फेको खुकुरी प्रहार बाट गम्भिर घाईते भएका ४९ वर्षिय देवराज तुम्वापोको उपचारका लागि धरान तर्फ लैजाँदै गर्दा बाटोमै गएराती १ वजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विजय श्रेष्ठले वताउनुभयो ।
यस्तै खुकुरी प्रहारबाट देवराजका छोरा १९ वर्षिय आइन्द्र लिम्वु र २६ वर्षिया छोरी सावित्रा लिम्वु घाईते भएका छन् । उनीहरुको उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।खुकुरी प्रहार गरी फरार भएको मनोजको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले वताउनुभयो ।
छिमेकी जय तुम्बापोको घरमा मरुमराउ भएको हुँदा राती क्रियापुत्री रुङ्ने क्रममा भेला भई बसि रहेको अबस्थामा मनोज र देवराज तुम्बापो बीच बादबिबाद भएको थियो । बादबिबाद पश्चात देवराज तुम्बापो आफनो घरतर्फ जादै गर्दा मनोज तुम्बापोले पिछा गरि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें