Latest Updates :

श्रीमान कतारमा : यता श्रीमतीले गरिन् आफ्नो यौन सम्बन्ध खुलासा हुने डरले छोराको हत्या ... हेर्नुहोस....

SHARE THIS POST :
साउन १४, रोल्पामा यौन सम्बन्ध खुलासा हुने डरले एक बालकको हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले सौतेनी आमा र उनका यौन सहकर्मीले यौन सम्बन्ध खुलासा हुने डरले छोराको हत्या गरेको जनाएको छ ।

इरिबाङ १ ओगाउँका बिमला पुनमगर र स्थानिय गोविन्द पुनमगरले १४ वर्षीय बालक भरत पुनमगरको हत्या गरेका हुन ।


अभियुक्तहरुले बालकको घाँटीमा डोरी कसी घाँटी थिचेर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । अभियुक्तहरुले बालकले झुण्डिएर आत्महत्या गरेको बहाना बनाउन खोजेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता केशवबहादुर बस्नेतले जनाएका छन् ।

बिमला र गोविन्दबीच गत पुसदेखि अनैतिक यौन सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुल्न गएको छ । बालकमार्फत उनीहरुबीचको सम्बन्ध बाहिर आउने देखिएपछि हत्या गरिएको अभियुक्तहरुले प्रहरीसमक्ष बयान दिएका छन ।

बालकका बुबा वीर सिंह भने वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् । आफूहरुबीचको यौन सम्बन्ध बालकले बुबालाई भनी दिने डरले हत्या गरिएको उनीहरुले प्रहरीसमक्ष स्विकार गरेका छन् ।

उक्त घटनाबारे स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger