Latest Updates :

‘गोर्खाली नभए हामि पहिल्यै तालिवानकाे निसानामा परिसक्थ्याै: अफगानिस्तानमा विदेशी कुटनीतिज्ञ भन्छन.......हेर्नुहोस हाम्रो नेपालीहरु को विरता.....

SHARE THIS POST :
अफगानिस्तान । अफगानिस्तानको काबुलस्थित विदेशी नियोगका कूटनीतिज्ञहरूले आफू बस्ने र काम गर्ने भवन अगाडि गोर्खा (नेपाली) नभए चैनले बस्न र आनन्दले निदाउन नसक्ने बताएका छन् ।

अधिकांश विदेशी कूटनीतिज्ञहरूले गोर्खाहरूकै कारण आफूहरूले ‘थप’ सुरक्षित महसुस गरेको जानकारी गराउँदै त्यस्तो बताएका हुन् । शनिबार काबुल पुगेको श्रम मन्त्रालयको एक टोलीसँग कुरा गर्दै उनीहरूले विदेशी कूटनीतिज्ञ तथा कर्मचारीहरूको सुरक्षा गर्न त्यहाँ पुगेका नेपालीको सुरक्षामा भएको कमजोरी सच्याउन तयार रहेको बताएका हुन् ।

असार ६ गते तालिवानको आक्रमणमा काबुलस्थित क्यानडेली दूतावासको सुरक्षामा खटिएका १३ नेपालीको ज्यान गएको थियो । यसपछिको अवस्थाबारे बुझ्न श्रमको टोली काबुल पुगेको हो । क्यानडेली दूतावासले नेपालीहरूको बसोबास र आवतजावतमा गरेको हेलचेक्र्याइँले गोर्खाको मनोबलमा असर परेको भन्दै त्यसमा सुधार गर्न तयार रहेको उनीहरूले बताएका हुन् ।

अफगानिस्तानका लागि क्यानडाका राजदूत डेवोरा ल्योन्सले त्यो घटनाले आफूहरू विचलित भएको भन्दै सबै क्षेत्रको सुधारमा लागेको बताएका थिए । नेपालीहरूले पाउने क्षतिपूर्ति र अरू सुविधाबारे पनि छलफल भइरहेको उनले टोलीलाई बताएका थिए । तर, काबुलमा मारिएका १३ नेपालीलाई क्षतिपूर्ति दिने विषयमा भने क्यानडा अहिलेसम्म मौन छ ।

श्रम मन्त्रालयकी सहसचिव आभा श्रेष्ठको नेतृत्वमा गएको टोलीमा अध्यागमन विभागमा महानिर्देशक केदार न्यौपाने, नेपाल प्रहरीका एसपी प्रकाशजंग कार्की, वैदेशिक रोजगार प्रबर्द्धन बोर्डकी निर्देशक निर्मला थापा, पाकिस्तानस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत तीर्थराज अर्याल छन् ।

‘अवैध बाटोबाट अफगानिस्तान आउने नेपालीको अवस्था बुझ्ने काम भइरहेको छ । श्रम स्वीकृत अन्तर्राष्ट्रिय संघसंस्थामा काम गर्न आउनेहरूको अवस्था भने राम्रै देखियो,’ श्रेष्ठले भनिन्, ‘सबैजसो विदेशीहरूले गोर्खा हुँदा आफूहरू ढुक्क हुने गरेको बताए ।’ उनले सुरक्षामा नेपालीहरू तेस्रो पंक्तिमा बस्ने हुनाले तत्काल हुने आक्रमणको असर नेपालीलाई नपर्ने पनि बताइन् ।

बसेको स्थानबाट क्यानडेली दूतावास सुरक्षामा सामान्य बसमा लगिँदा भएको हमलामा नेपालीहरूले ज्यान गुमाएका थिए । ‘यसलाई मध्यनजर गर्दै काबुलस्थित अन्य नियोग र संस्थाका व्यक्तिहरूले गोर्खाका ‘सप्लाई कम्पनी’हरू लाई यसमा सचेत रहन भनेका रहेछन्,’ श्रेष्ठले भनिन् । अहिले नेपाली सुरक्षाकर्मीलाई सुरक्षित ‘आर्म भेहिकल’मा लाने ल्याउने गरिएको जानकारी पनि टोलीलाई गराइएको छ । टोलीले काबुलमा रहेका नेपालीबाहेक क्यानडा, बेलायत, अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपेली नियोगका अधिकारीहरूसँग पनि छलफल गरेको थियो ।

यी सबै विषयमा टोलीले सरकारसमक्ष प्रतिवेदन पेस गर्ने उनले बताइन् । नेपालीलाई अफगानिस्तान सरकारले गर्ने सम्मान राम्रो रहेको भन्दै टोली सदस्य श्रेष्ठले सुरक्षित स्थानमा नेपालीलाई पठाउँदा समस्या नहुने समेत बताइन् । अफगानिस्तानमा नेपालीको राम्रो कमाइ रहेको उल्लेख गर्दै उनले भनिन्, ‘कानुनी बाटोबाट जानेहरूका लागि त्यहाँको अवस्था हामीले नेपालमा सोचेको भन्दा राम्रो रहेछ ।

अफगानिस्तानमा अवैध रूपमा बस्दै आएका नेपालीहरूलाई स्वदेश फर्काउने पहल भइरहेको पनि श्रेष्ठले बताइन् । अवैध रूपमा आएका कतिपय नेपालीको बासस्थान र अन्य जानकारी नहुँदा समस्या हुने गरेको पनि उनले बताइन् ।श्राेत – कान्तिपुर


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger