Latest Updates :

नेपालीलाई भारत जान परिचयपत्र अनिवार्य.....हेर्नुहोस..

SHARE THIS POST :


बैतडी / भारत जाने नेपालीले अबदेखि परिचयपत्र अनिवार्यरुपमा लैजानुपर्ने भएको छ ।  भारतमा साउन ३१ गते मनाइने गणतन्त्र दिवसलाई मध्यनजर राखेर सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेपछि परिचयपत्र अनिवार्य गरिएको हो ।

बैतडीको सीमा क्षेत्र झुलाघाटमा पनि सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जनाएको छ ।

भारत जान चाहने नेपालीलाई आफ्नो परिचय खुल्ने कागजपत्र लिएर मात्रै आवतजावत गर्नका लागि नेपाल प्रहरीमार्फत भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

परिचयपत्र नभएकालाई सीमाबाट फर्काइने भएकाले भारत जानुपरेमा परिचयपत्र साथमा लिएर मात्र जान भनिएको जिप्रका बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

भारतीय सीमावर्ती बजार झुलाघाट, धार्चुला, पिथौरागढसम्म परिचयपत्र आवश्यक नपरे पनि दिल्ली मुम्बईलगायतका ठाउँमा जाने नेपालीले अनिवार्य परिचयपत्र लिएर मात्र जान प्रहरीले आग्रह गरेको छ । रासस

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger