Latest Updates :

विमान दुर्घटनामा बाँचेका पाइलट भन्छन्ः अर्को जुनी पाइयो..

SHARE THIS POST :


२१ साउन, नेपालगन्ज ।  हुम्लाको सिमिकोट विमानस्थलबाट सुर्खेतको लागि उडेको मकालु एयरको नाइन एनएएलडी कलसाईनको किलोचार्ली (सिंगल इन्जिन) विमानका चालकदलका सदस्यद्वयले ‘अर्को जुनी पाए’कोे बताएका छन् ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्राईभेट वार्डको बेड नं २ उपचारको लागि भर्ना भएका दुर्घटनाग्रस्थ जाहाजका पाइलट सांगे लामाले भने-‘अर्को जुनी नै पाएको जस्तो भएको छ ।’ उनले सिमिकोट विमानबाट उडान भरे लगत्तै विमानको इन्जिन फेल भएपछि विमानलाई आपतकालिन ल्याण्डिङ्गगर्नु परेको जानकारी दिए ।

उनले त्यो घटनालाई सम्झदै भने-‘उडेको ५ मिनेटमै फोर्स ल्याण्डिङ्ग गर्नु पर्ला भनेर सोचको थिएन तर, विहीबार सिमिकोट विमानस्थलबाट उडान भर्ने वित्तिकै भयो पनि त्यस्तै, एक्कासी इन्जिनमा खराबि आयो अनि एमरजेन्सी ल्याण्डिङ्ग गर्नु पर्‍यो ।’ उनले बेलैमा सुजबसझ पूर्ण निर्णय गरेकाले ज्यान जोगिएको बताए ।

‘जहाज उड्ने वित्तिकै इन्जिन फेल भयो पुनः फर्केर विमानस्थलमा जाने कुनै संभावना थिएन । हावाको चाप अत्याधिक बढेको थियो जसरी पनि सेफ प्लेस खोज्दै कम क्षतिमा सेभ हुनु थियो तर, यो असंभव जस्तै थियो, कम समयमा दुबै जनाको सुझबुझले जुन खोच हेर्दै डरलाग्दो थियो त्यहि खोचमा नै जीवन दाउमा राखेर फोर्स ल्याण्डिङ्ग गरियो’ उनले सम्झदै भने ।

उनको देब्रे खुट्टामा फयाक्चर भएको र छातिमा चोट लागेको छ । हुम्लाको खार्पुनाथ खोला र कणर्ालीको दोभानमा फोर्स ल्याण्डिङ्ग गरिएको बताउदै क्याप्टेन लामाले फोर्सली ल्याण्डिङ्ग गर्दा ढोका लक हुने र आफूहरु विमान मै फस्न सक्ने भएकोले हावामा नै विमानको ढोका खोल्दा विमानबाट निस्कन सजिलो भएको बताए ।



कोपाईलट प्रशान्त शाहले क्याप्टेन लामाको अनुभव रसहि निर्णयको कारण आफूहरु दुबैको ज्यान जोगिएको बताए । उनले आफुहरु ११ हजार ५ सय फिटको उचाईमा उडेको अवस्थामा समस्या आएपछि चारैतिर डाँडाकाँडाको बिचमा रहेको नदीमा नै ल्याण्डिङ्ग गर्ने निर्णय गर्दा बाँच्न सफल भएको बताए ।

उनी नेपालगन्ज निवासी हुन । अस्पतालको प्राईभेट वार्डको १ नं बेडमा भर्ना भएका उनको टाउको, र ढाडमा चोट लागेको छ । उनले आफ्नो उद्दार तथा उपचारको लागि खटिने सबैलाई धन्न्यबाद समेत दिए । कर्णलीको खोचमा फोर्स ल्याण्डिङ्ग गरिएपछि उनीहरुलाई सिमि्रक एयरको हेलिकप्टरले घटना घटेको १० मिनेटमै उद्दार गरेको थियो ।

यसैबीच सो घटनाका घाइते पाइलटद्वयलाई उपचारको लागि नेपालगन्ज मेडिकल कजेज शिक्षण अस्पताल कोहलपुर पुर्‍याईए लगत्तै बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थ अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक धिरु बस्न्यात, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईलगायतले भेटेर उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger