Latest Updates :

अनौठो बिहे, पहाडको खोँचमा झुण्डिए बेहुला बेहुली र पण्डित....हेर्नुहोस्..

SHARE THIS POST :
चारैतर्फ हरियाली । माथि बादल, तर जमिन र बीचमा प्रेमको बन्धन बाँध्नका लागि बेहुला बेहुलीहरु हृावामा झुण्डिरहेका छन् । यो दृश्य कुनै साहसिक खेलको हिस्सा होइन, एक साँच्चीकै विवाहको दृश्य हो ।

भारतको महाराष्ट्रस्थित कोल्हापुरमा बस्ने जयदीप जाधवलाई बच्चैदेखि पर्वतीय पदयात्राको शोख थियो । आफ्नो शोखका कारण उनले आफ्नै बिहेलाई एड्भेन्चरस बनाउने फैसला गरे ।

जयदिपले २८ वर्षकी रेशमासँग बिहे गरे । उनीहरुले पहाडको गहिरो खोँचको बीचमा हावामा झुण्डिएर एक दोश्रोलाई बिहेको माला पहिराइदिए । जमिनभन्दा २७० फिटको उचाइमा झुण्डिएर उनीहरुले एक अर्काको गलामा माला पहिराएका थिए ।

आफ्नो बिहेको बारेमा वर्णन गर्दै बेहुला जयदीपले आफुलाई बिहेमा केही रोचक काम गर्ने अठोट रहेको र सोही कारण दिमागमा यस्तो योजना पलाएको बताए । उनले आफ्नो प्लानका बारेमा आफ्नो क्लबका सदस्यहरुलाई बताएपछि उनीहरुले बिहेको लागि एउटा पहाडको खोँच खोजेका थिए । र सबैको उपस्थितिमा उनीहरुले हावामा झुण्डिएर बिहे गरे ।

बेहुला बेहुली मात्र होइन पण्डित पनि उनीहरु जस्तै गरी हावामा झुण्डिएका थिए । मराठी परम्पराअनुसार उनीहरुको विवाह सम्पन्न भयो । पश्चिमी महाराष्ट्रमा यस्तो विवाह पहिलोपटक भएको भारतीय संचारमाध्यमको भनाई छ । एजेन्सी


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger