Latest Updates :

साउदीमा नेपाली कामदारहरु समस्यामा:आठ महिनादेखि तलव दिएको छैन,खान पनि दिँदैन”....हेर्नुहोस

SHARE THIS POST :
साउदी अरव। साउदी अरवमा हजारौं आफ्ना नागरिक भोक्कै भएपछि भारत सरकारले उद्दार सुरु गरेको छ । तर, नेपालको अवस्थाबारे अहिलेसम्म सरकारले कुनै सूचना सार्वजनिक गरेको छैन ।साउदी पछिल्लो समय नेपाली कामदारको प्रमुख श्रम गन्तब्य बनेको छ । तर, त्यहाँ भारती मात्र होइन, नेपाली पनि समस्यामा परेको पाइएको छ । कतिसम्म भने नेपाली कामदारहरुले ९ महिनासम्म तलब पाएका छैनन् ।

तेलको मूल्यमा आएको गिरावटसँगै साउदीमा आर्थिक संकट देअिएको छ र त्यसको असर राजगारीमा गएका नेपालीमा पनि गरेको हो । साउदी अरबका कम्पनीमा कार्यरत कामदारले समयमै तलव नपाउने, कम्पनीले बेवास्ता गर्ने र कामदारहरु काम छाड्दै अवैधानिक रुपमा काम गर्ने समस्या बढ्दो छ ।

गत वर्ष मात्रै एक लाख भन्दा बढी नेपाली कामका लागि साउदी अरेबिया गएको बताइएको छ। वैदेशिक रोजगारका लागि नेपाली श्रमिकहरुको एउटा महत्वपूर्ण गन्तव्य खाडी राष्ट्र साउदी अरेबियामा आर्थिक समस्या चर्किए सँगै त्यहाँ काम गर्दै आएका सयौं नेपाली कामदार प्रभावित भएको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ।

Saudi 2धेरै जसो कामदारले लामो समय देखि तलब नपाएको र केहीले रोजगारी नै गुमाएको बताइएको छ।अनौपचारिक अनुमानमा करिब ४ लाख नेपाली कामदार साउदी अरेबियामा रहेको बताइन्छ। कच्चा तेलको मूल्यमा लगातार आएको गिरावटका कारण साउदी अरेबियाको अर्थतन्त्र हाल चर्को समस्यामा परेको छ।जसका कारण विशेषत: केही सरकारी परियोजनामा काम गर्ने नेपाली कामदारले विगत ३/४ महिना देखि तलब पाउन नसकेको र कतिपयले रोजगारी गुमाउनु परेको बताइएको छ।

saudi-700हालै बन्द भएको एउटा कम्पनीका कामदार सिर्जलाल राउतले भने, “आठ महिना देखि तलव दिएको छैन, खान पनि दिँदैन। हामी त नेपाल फर्किन चाहन्छौं। सबै जना त्यही भन्दैछन्।”पछिल्लो समयमा नेपालीरुले कम्पनीले तलव उपलब्ध नभएको भन्दै दूतावासमा सामूहिक रुपमा नै उजुरी दर्ता गराउने गरेका छन् । अहिले ५०/१०० जना कामदारले एकैपटक गुनासो गर्ने क्रम बढेको दूतावासले जनाएको छ ।

अधिकारीहरुका अनुसार साउदीमा आठ महिनादेखि तलब नपाएका नेपालीहरु पनि छन् । तलब नदिएपनि कामदार बाध्यात्मक रुपमा श्रम गरिरहेकै छन् । ‘३ महिनादेखि अधिकतम् १० महिनासम्म तलव नपाएका कामदार हाम्रो सम्पर्कमा आएका छन्’ अधिकारीले भने,’हामीले रोजगारदाता कम्पनी र सरकारी श्रम अधिकारीलाई पत्राचार गरेर यसलाई समाधान गर्न पहल गरेका छौं ।’

दूतावासको पहलमा धेरै कामदारको समस्या सामाधान भएको र कतिको हुने चरणमा रहेको दावी अधिकारीहरुको दाबी छ । कतिपय कामदारको समस्या हल गर्न कम्पनीहरुमै गएर कुरा गर्ने गरिएको दूतावासले जनाएको छ ।

दूताबासले सरकारलाई गुहार्‍यो ?


हाल सम्म ७३ जना नेपालीले साउदी अरेबिया स्थित नेपाली दूतावासमा सहयोगका लागि निवेदन दिएका अधिकारीहरुले बताएका छन्।कम्पनी बन्द भएका कारण अलपत्र अवस्थामा रहेका नेपाली कामदारलाई घर फर्काउने प्रयास भैरहेको साउदी अरेबियाका लागि कार्यवाहक नेपाली राजदूत आनन्द प्रशाद शर्मा बताउँछन्।

उनले भने, “हाम्रो महावाणिज्य दूतावासले समस्यामा परेकाहरुलाई खानाको व्यवस्था गरेको छ। भारतीय कामदारहरुलाई जसरी फर्काइन्छ हामीले पनि त्यसरी नै फर्काउने भनेर कुरा गर्न लागेका छौं।”
रियादस्थित दूतावासका श्रम-सहचारी अम्बिकाप्रसाद अधिकारीका अनुसार तलव नपाएर अलपत्र परेको सूचनाहरु आउन थालेका छन् । झण्डै दुई साता हप्ताअघि साउदी अरबको दमामस्थित जुबेलमा २३ नेपाली तलव नपाएर अलपत्र परेको खबर बाहिर आयो । अब्दुल मोअसिन अल मौसा कम्पनीमा काम गर्ने नेपालीहरुले पाँच महिनादेखि तलव नपाएको थाहा पाएपछि नेपाली दूतावासले समाधानका लागि पहल सुरु गरेको छ ।
फेरि बुधबार नाफ इन्टरनेशनल कम्पनीमा ४८ नेपाली ३ महिनासम्म तलव नपाएर समस्यामा परेको खबर सार्वजनिक भएको छ ।‘महिना मर्नासाथ तलव बुझ्ने कामदारले लामो समय तलव नपाउँदा अनेक समस्या भोग्नु परेको छ’ श्रम सहचारी अधिकारीले अनलाइनखबरसँग भने,’तलवबाटै रासन किने खानुपर्नेलाई बढी समस्या भएको छ ।’बिबिसिमा अाधरित रिर्पाेट अनुसार


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger