Latest Updates :

यसकारण लगाउँनुस् सही साइजको ब्रा...जानिराखौ

SHARE THIS POST :




एजेन्सी । विश्वका महिलाहरु ब्रा लगाउँछन् । तर, गलत साइजको ब्राले स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञहरुले बताएका छन् । एक अनुमानअनुसार करिब ८० प्रतिशत महिलाहरु गलत साइजको ब्रा लगाउँछन् भने शारीरिक अभ्यासका क्रममा स्पोर्ट्स ब्रा पनि लगाउँदैंनन् । तर, फिजियोथेरापिष्टहरुले भने ब्रा किन्नुअघि आफ्नो छातिको साइज लिन सुझाव दिएका छन् ।
गलत ब्रा लगाउनाले उमेर नपुग्दै स्तन झोलिने समस्या हुन्छ । यो समस्या सर्जरीले मात्र समाधान गर्न सकिन्छ । फिजियोथेरापी चार्टर्ड सोसाइटीकी सामी मार्गो भन्छिन्, ‘गलत साइजको ब्राले स्तनको आकार बिगार्नेमात्र होइन, घाँटी, काँध, कम्मर दुख्नेलगायतका गम्भीर स्वास्थ्य समस्या निम्तन्छन् ।’ यस्तै, गलत ब्राले छालासम्बन्ध समस्या निम्त्याउँने पनि विज्ञहरुको भनाई छ ।
आजकाल निकै टाइट ब्रा लगाउने चलन छ । तर, यस्ता ब्राले छालाको समस्याका साथै रगतको आवागमन घटाउने, स्नायु प्रणालीमा असर गर्ने हुन्छ । जसको परिणाम टाउको दुख्ने समस्या निम्त्याउँछ । विशेषज्ञ मार्गोका अनुसार हरेक महिलाहरुका लागि स्पोर्ट्स ब्रा आवश्यक छ । -स्वास्थ्य खबरपत्रिका


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger