१७ साउन, काठमाडौं । भिटामिनयुक्त खाना हाम्रो शरीरका लागि निकै आवश्यक छ । यसले शरीरलाई आवश्यक पर्ने पोषकतत्व प्रदान गरी विभिन्न रोग लाग्नबाट बचाउँछ । यसको कमीले आँखा कमजोर हुने, नसा कमजोर हुने, हड्डी कमजोर हुने, रगतको कमी लगायतका विभिन्न समस्या निम्त्याउँछ ।
शरीरलाई चुस्त दुरुस्त राख्नका लागि पनि भिटामिनयुक्त खानालाई हाम्रो दैनिक आहारमा समावेश गर्न उत्तिकै जरुरी छ । तर बदलिँदो जीवनशैली तथा व्यस्त दैनिकीका कारण हामीले यस्ता कुरामा त्यति ध्यान दिन सकिरहेका छैनौं । परिणामस्वरुप हामी बिभिन्न रोगको शिकार बन्ने गरेका छौ ।
रोगबाट बच्न हामीले आफ्नो दैनिक आहारमा भिटामिनयुक्त खानेकुरा मिसाएर खान जरुरी छ । शरीरलाई जति आइरन, क्याल्सियमको जरुरत हुन्छ त्यति नै भिटामिन ए, बी, सी र डीको पनि पर्छ । त्यसमध्ये पनि अहिले काठमाडौंमा भिटामिन बी-१२ र भिटामिन ‘डी’को धेरै विरामी फेला परेका छन् । उनीहरुमा ‘भिटामिन बी १२’ र भिटामिन ‘डी’ ज्यादै न्युन पाइने गरेको छ ।
भिटामिन बी-१२ को फाइदा
पछिल्लो समय शाकाहारी व्यक्तिहरुमा भिटामिन बी-१२ को कमी देखिएको छ । कतिपय विरामीलाई उपचारको क्रममा रगत परीक्षण गराउँदा भिटामिन ‘बी’ कै कमी हुने गरेको पाइएको छ ।अनलाइनखबरबाट



एक टिप्पणी भेजें