मिडिया एनपी, काठमाडौं, २१ भदौ । तपाईको शिरको कपाल तपाइको ठूलो गहना हो । अझ कपालले नारीको सुन्दरतानै बेग्लै बनाउँदछ । छोरा मान्छेलाई पनि कपालको सौख हुने गर्छ । कपालले विभिन्न स्टाइलको बनाउने प्रचलन पनि बढ्दै गएको छ । जसका कारण पनि कपाल झर्ने समस्या अधिक देखिएको । तपाईको कपाल के कारणले झर्छ कपाल झर्नुका ७ कारणहरु पढ्नुहोस् र सावधानी अपनाउँनु होस् :
१. मिनरल इमब्यालेन्सः कपाल झर्ने सबैभन्दा सामान्य कारण हो मिनरल इम्ब्यालेन्स । कपाललाई स्वस्थ र मजबुत बनाउने मिनरल उचित मात्रामा शरिरले नपाउँदा कपाल सम्बन्धी समस्याले दुःख दिन्छ । यस्तो अवस्थामा मिनरल इम्ब्यालेन्सलाई ब्यालेन्स गर्नका लागि जिंक, सिलिका, सिलिनियम, कपर, आइरन युक्त खानेकुराहरू खानुपर्दछ । यी मिनरल आवश्यक मात्रमा शरिरमा पुगे कपाल झर्ने समस्याबाट मुक्तिका साथै कपाल बलियो पनि हुन्छ ।
२. अनहेल्दी डाइटः स्वस्थ डाइटले छाला मात्र नभई कपालको सौन्दर्यतालाई समेत निखार ल्याउँछ । तर, पछिल्लो समय धेरैले अनहेल्दी डाइट गर्ने गरेका छन् । जसका कारण पनि तपाईको कपाल झरेको हुन सक्छ । यसकारण दैनिक रूपमा हेल्दी डाइटको प्रयोग गर्नु राम्रो हुन्छ । साथै धेरै मसला भएको खानेकुरा पनि कम खाने गर्नु राम्रो हुन्छ । भेज, ननभेज खानाको साथमा फलफूल, ड्राई फ्रुट्सको प्रयोग दैनिक रूपमा गर्नुपर्छ ।
३. तनावः हिजोआजको तपाई हाम्रो दैनिक जीवन निकै तनावपूर्ण हुने गर्छ । मानिसको शारीरिक तथा मानसिक तनावले पनि कपालको जरा कमजोर बनाउँछ र कपाल झर्ने समस्या बढ्छ । यसकारण तनावबाट बच्नु राम्रो हुन्छ । तनावबाट मुक्ति पाउँनका लागि योग या मेडिटेशन गर्नुपर्छ । तनाव लिने बानी कम गर्ने जसले गर्दा स्वस्थ रहन मद्धत पुग्छ ।
४. मेडिकेशनः तपाईको शारिरिक अस्वस्थताले पनि कपाल झर्ने समस्या आएको हुन सक्छ । केही औषधीहरूको नियमित प्रयोगले पनि कपाल झर्ने गर्छ । लामो समयसम्म गर्भनिरोधक औषधी खाने, एस्पिरिन र एण्टीबायोटिक्स प्रयोग गर्नाले कपाल झर्ने समस्या देखीन सक्छ । यसका लागी चिकित्सकलाई नसोधी कुनै पनि औषधीको प्रयोग गर्नु हुँदैन । यदी कुनै बिमारीका कारण कपाल झर्न थाल्यो भने सकेसम्म चाडो चिकित्सकसँग सल्लाह लिएर औषधी गर्नु राम्रो हुन्छ ।
५. प्रदुषण : कपाल झर्ने एक अर्को कारण प्रदुषण पनि हो । केमिकलयुक्त धुँवा, माटो आदीले कपाल र छालाको स्वस्थतालाई प्रभावित गर्छ । यसले छालामा पिम्पल्स आउने गर्छ र कपाल रूखो भएर चुडिने र झर्ने गर्छ । यसबाट बच्नका लागि बाहिर निस्किँदा सकेसम्म कपाललाई स्कार्फ, टोपी आदीले ढाक्ने गर्नुपर्छ । यस्तो गर्दा कपाल सिधा प्रदुषणबाट जोगिन्छ र कपाल झर्ने समस्यामा कमी आउँछ ।
६. हेयर स्टाइलिङ्गः हेयर स्टाइलको नाममा केमिकलयुक्त उत्पादनहरूको प्रयोग र हेयर ट्रिटमेन्टको कारण पनि कपाल झर्ने गर्छ । यसकारण केमिकल हेयर ट्रिटमेन्टबाट बच्नु सबैभन्दा राम्रो उपाय हो । स्ट्रेटनिङ्ग, कलरिङ्ग आदीबाट कपाल कमजोर हुन्छ । यदी कुनै राम्रो डर्माटोलोजिष्टको निगरानीमा कपालको ट्रिटमेन्ट गरे फाइदा हुन्छ ।
७. मौसम परिवर्तनः कपाल बढ्ने या झर्नुमा मौसमले पनि ठूलो भूमिका खेलेको हुन्छ । मौसममा आएको बदलावका कारण कपाल झर्ने सम्भावना बढ्छ । यसका लागि मौसम अनुसार कपालको स्याहार गर्ने गर्नु पर्दछ । जाडोमा कपाल रूखो हुन्छ, यसबाट बच्नका लागि तेलले कपालको मसाज गर्ने, वर्षाको मौसममा कपालमा डेन्ड्रफको समस्या देखिने हुँदा एण्टीडेन्ड्रफ सेम्पुको प्रयोग गर्ने गरे फाइदा गर्छ ।
Enjoy Yourself
Loading...




एक टिप्पणी भेजें