Latest Updates :

किन उठ्छ रिस ?...हेर्नुहोस

SHARE THIS POST :


प्राय सबैलाई रिस उठ्छ। रिस उठ्नु प्रकृति र विज्ञानको नियम पनि हो । स्वस्थ आवेग वा आक्रोश आफैँमा समस्या होइन । तर, रिस उठ्दा विवेक नै गुम्छ भने यसको कारण र समाधान तत्काल खोज्नुपर्ने हुन्छ ।
निस्क्रिय र आक्रमक रिस
निष्क्रिय रिसलाई पहिचान गर्न गाह«ो पर्छ किनकी यसलाई दबाइएको हुन्छ । मानिसमा हुने इगो यसकै उपज हो । यस अवस्थामा तपार्इँले बाह्य रुपमा रिस नदेखाउन पनि सक्नुहुन्छ, तर भित्र भने झनै गम्भीर हुन्छ । यस्तो रिस घटाउन काउन्सेलिङले पनि सहयोग गर्न सक्छ ।

तर, आक्रमक रिस भने बढी खतरनाक हुन्छ किनकी यसले तपाई र अन्य व्यक्ति वा सम्पक्तिमा नै भौतिक हानी गर्न सक्छ । तपार्ई आक्रमक वा क्रोधित भएको अवस्थामा आफ्नो नियन्त्रण समेत गुमाउन पुग्नुहुन्छ । यसलाई चिकित्सकीय भाषामा इन्टरमिटेन्ट एक्सप्लोसिभ डिसअर्डर (आइइडी) भनिन्छ । तर, सबै प्रकारका आक्रमक अनियन्त्रित रिस आइइडी होइनन् ।
त्यसो त विभिन्न मनोवैज्ञानिक कारण र रोगले पनि तपाईलाई आक्रमक बनाउछ ।
निम्न अवस्थामा तपाईको रिस अनियन्त्रित र आक्रमक हुन्छःः
निरन्तर रुपमा अत्यधिक खराब मुडमा भएमा
बारम्बार एउटै नकारात्मक सोच आएमा
आफ्नो सोचलाई व्यबस्थापन गर्न कठिनाई भएमा
आफू वा अरु कसैलाई हानी गरुँ जस्तो लाग्ने
मुटुको धडकन बढ्नु, छाती बढी कसिलो हुनु
टाउको दुख्नु, चिटचिट पसिना आउनु र आफूलाई नियन्त्रण गर्न नसक्नु

किन हामी आक्रमक र हिंसात्मक हुन्छौ ?
अनियन्त्रित रिस वा आक्रोस कुनै निश्चित रोगको लक्षण वा परिणाम हो भन्ने विषयमा चिकित्सहरु नै अझै प्रष्ट हुन सकेका छैनन् । तर, दिमागमा भएको सेरोटोनिन नामक रसायनमा भएको अबरोध वा परिवर्तनले हिंसात्मक वा आक्रमक स्वभाव देखाउने अनुसन्धानकर्ताहरुले पुष्टि गरेका छन् ।
न्यूरो वैज्ञानिकहरुका अनुसार दिमागको कुनै निश्चित भाग जस्तै र्कोटेक्स, एमीगडााला (रिस, त्रास, तनाब हुने क्षेत्र) मा असर भएमा मानिसलाई अनियन्त्रित रिस उठ्छ

के रोग र मानसिक असन्तुलले आक्रमक बनाउछ ?
वैज्ञानिकहरुका अनुसार मानसिक असन्तुलन र अस्वस्थता जस्तै डिप्रेसन, वाइपोलर डिसअर्डर, सिजोफ्रेनिया, डिमेन्सिया र अल्जाइमर रोगका कार मानिसमा अनियन्त्रित रिस र हिंसा उत्पन्न हुन्छ ।
त्यस्तै उच्च रक्तचाप, ह्दयघात, स्ट्रोकको समस्या, र पाचन प्रणालीमा हुने गडबढीले पनि मानिसमा अत्यधिक रिस उठ्छ । त्यसो भए निै रोगको उपज हो त रिस ? विज्ञहरु भने यस विषयमा सत प्रतिशत सहमत छन् ।

ब्रेन इन्जिुरी
अनियन्त्रित रिस र आक्रम स्वभावले ब्रेन इन्जिुरी बनाउँछ । न्युर्योक युनिर्भसिटी स्कुल अफ मेडिसियनका प्राध्यपक डा जोनाथान सिल्भर भन्छन्, ‘ब्रेन इन्जिुरी भएका मानिसमा आक्रमक स्वभाव र रिस उठिरहन्छ ।’ आक्रमक स्वभावले मानिसलाई डिप्रेसनको शिकार बनाउने उनको भनाई छ । तसर्थ दिमागको कुनै एक भागमा इन्जिुरी छ भने यसले अन्य भागमा पनि असर गर्छ ।

स्ट्रोक
अत्यधिक रिसाउने व्यक्तिमा स्ट्रोकको समस्या हुने चिकित्सकहरु बताउछन् । जर्नल न्युरोलोजीमा प्रकाशित एक कोरियाली अध्ययन अनुसार स्ट्रोकका बिरामीहरुले आफ्नो रिस वा आवेगलाई नियन्त्रण गर्न सक्दैनन् । चिकित्सकहरुले गरेको सो अनुसन्धानमा सहभागी ३२ स्ट्रोकका बिरामीहरुमध्ये सबैको बोलीमा असुन्तलन, अत्यधिक आवेग र दिमागको र्कोटेक्समा असर रहेको पाइएको थियो ।


हृदयघात

हृदयघात र मुटुको रोग डिप्रेसन र अन्य भावनात्मक परिबर्तसँग सम्बन्धित छन् । जीवनमा एक पटक ह्दयघात भएर बाँचेका अधिकांश मानिस अझै पनि आफ्ना भावनाहरुसँग संघर्ष गरिरहेका हुन्छन् । उनीहरुमा देखिने चिन्ता र निराशको तहले डिप्रेसन, हरेस, र आत्मविश्वास गुम्छ जसका कारण आफूलाई नै नियन्त्रण गर्न सक्दैनन् । दिमागमा हुने सेरोटोनिन नामक रसायनमा हुने परिवर्तनसँगै मानिसमा मुटजन्य रोगहरु उत्पन्न हुने र यो सबै रिस र आक्रोशसँग प्रत्यक्ष सम्बन्धित भएको अनुसन्धानकर्ताहरु बताउँछन्-स्वास्थ्य खबरपत्रिका बाट


 


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger