Latest Updates :

पूर्वमूख्यसचिव र पूर्वआईजीपीलाई धम्काउँदा प्रहरी फन्दामा....हेर्नुहोस

SHARE THIS POST :

पूर्वमूख्य सचिव लीलामणि पौडेल र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) कुबेरसिंह रानाले सार्वजनिक यातायातका चालकविरुद्ध महानगरीय ट्राफिक प्रहरी महाशाखामा उजुरी दिएका छन् ।

पूर्वमूख्य सचिव पौडेल ट्याक्सीबाट ठगिएको तथा पूर्वमहानिरीक्षक रानाले दुव्र्यहार भएको आरेपमा महाशाखामा उजुरी दिएइका हुन् ।

उनीहरुको उजुरीपछि महाशाखाले सवारी साधानसहित चालकलाई कारबाहीको दायरामा ल्याएको छ । रानालाई दुव्र्यवहार गरेको आरेपमा बा२ख ५०११ नक्बरका बसका चालक जीवन बुढाथोकीलाई तिलगंगाबाट नियन्त्रणमा लिएको हो । उनलाई उक्त स्थानमा रानालाई दुव्र्यबहार गरेको आरोपमा नियन्त्रणमा लिएको थियो ।

अस्पतालको सडकबाट निस्कने क्रममा तीव्र गतिमा रहेका यात्रु बससँग अकस्मात भेट भयो । घटनापछि रानाले भने गति सीमित र लेन अनुशासन पालना गरेर बस चलाउनुपर्योस भन्या चालकले जथाभावी बोलेर बसलाई सडकमा तेर्साए । त्यसपछि रानाले तत्काल टेलिफोनमार्फत महाशाखामा उजुरी दिएका हुन् ।

केही साताअघि पूर्वमुख्यसचिव पौडेलले अनामनगर, हुनमास्थानमा रोकेर राखेको ट्याक्सी चालकलाई आफ्नो गन्तव्य उल्लेख गर्दै जान आग्रह गरे । तर, जान चालकले आनाकानी गरे । उनले मिटरमा नजाने भनेपछि केहिबेर भनाभन भयो । त्यसपछि पौडेलले एसएमसबाट उजुरी गरे । त्यसको केही बेरमै ट्याक्सी चालक ट्राफिक प्रहरीको फन्दामा परेका हुन् । दैनिक खबरबाट साभार



SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger