ठाकुरजस्ता सातजना युवकसँग १४ लाख रूपैयाँ लिएकी रहिछन् । त्यहीँका कृष्ण भुषाल डिभी परेर अमेरिका गएका थिए । जितेन्द्र प्रधान नेपाल–अमेरिका सम्पर्क समाजका अध्यक्ष थिए । उनैमार्फत हो, गौरीसँग पीडितहरूको भेट भएको ।
piditसीधै भिसा नपाइने भन्दै कलाकार बनाएर लैजाने आश्वासन थियो । ठाकुरलाई पनि कलाकारका रूपमा प्रमाणित गराउन चारपल्ट जिरे खुर्सानीमा खेलाइन् । नाच्न पनि जान्नुपर्छ भन्दै पुतलीसडकस्थित वसन्त श्रेष्ठको नेशनल डान्स सेन्टरमा डान्स सिक्न लगाइन् ।
शंकर बिसी, सम्झना बुढाथोकी, प्रमोद खरेलजस्ता नाम चलेका कलाकार अमेरिका गए । तर, गौरीले जसरी पनि पठाउँछु भनी पैसा लिएका अर्घाखाँचीका कसैले जान पाएनन् । पैसा दिनुअघि उनीहरूले रिसिप्ट मागेका थिए । गौरीले ‘मलाई पनि विश्वास नगर्ने भए यो पैसा फिर्ता लानु’ भनेपछि अनुहार हेरेरै विश्वास गरेको ठाकुरले बताए । तर, गौरी आफैँ अमेरिका उडेपछि पीडितहरू खिन्न भए । अमेरिकामा दीपेन्द्र प्रधानसँग गौरीले भेडाको उन बेचबिखनको काम गर्थिन् ।
piditदीपेन्द्रलाई पीडितहरूले पनि चिनेका थिए । त्यो माध्यमबाट दबाब दिँदा उल्टै गौरी ‘मेरो पनि पैसा फसेको छ’ भन्दै पन्छिन थालिन् । अस्ति सोमबार ठाकुरले गौरीलाई फोन गरे । भनिन्, ‘एक महिनाका लागि जापान जाँदैछु । त्यहाँबाट फर्किएपछि भेट्छु ।’ तर, पीडितहरूले आनाकानी गरेपछि गौरीले ‘सक्छौ भने हनुमानढोकामा उजुरी हाल’ भन्दै फोन काटिन् । एस काठमाडौं अनलाइनबाट



एक टिप्पणी भेजें