कतारमा एक नेपाली युवकको यस्तो बिजोक :साइट आसपास आउने सबै नेपालीसँग रुँदै सहयोग माग्दै .....हेर्नुहोस ।(भिडियोसहित)
१७ साउन, काठमाडौं । सोमबार कतारको गरफामा एक नेपाली युवक रुँदै गरेको अवस्थामा भेटिए । कतारमा बस्दै आएका बिनोद पौडेलले सिरहाको मुलाबारी घर भएका उपेन्द्र यादवको दर्दनाक भिडियो खिचेर फेसबुकमा पोष्ट गरे । भिडियोमा उनी आफ्नो शरीरमा आएको एलर्जी देखाएर रुँदै गरेको देखिन्छ । उनी नेपालीहरु देख्नासाथ रुँदै सहयोगका लागि याचना गर्न आइपुगेको विनोदले कतारबाटै अनलाइनखबरसँग बताए । भिडियोमा पनि सहयोग माग्ने क्रममा आँशु रोक्न नसकेको देखिन्छ । ‘मलाई देख्नेबित्तिकै उनी ठूलो अपेक्षासहित रुँदै सहयोग माग्न आए,’ पौडेलले भने, ‘सहयोग गर्न नसकेपनि फेसबुकमार्फत सरकारसमक्ष उनको पीडा पुर्याउँछु भनेर भिडियो बनाएको हुँ ।’
को हुन् उपेन्द्र ?
उपेन्द्र १० दिन अघि मात्रै कतार पुगेका हुन् । उनलाई क्लीनरका लागि इन्डोर काम गर्ने भन्दै गौशालास्थित प्रतिज्ञा म्यानपावरले विदेश पठाएको हो । तर, उनी विदेश पुग्नासाथ बिरामी परे । उनको शरीर भरि फोका नै फोका आएका छन् । एलर्जी जस्तो देखिने फोकाहरु पाकेका छन् । तर, पनि कम्पनीले उनलाई उपचार गर्नुको साटो बाहरि साइटको काममा खटाएको छ । उनी साइट आसपास आउने सबै नेपालीसँग रुँदै सहयोग मागिरहेका छन् । म्यानपावरले फोन उठाएन
निर्माण क्षेत्रमा काम गर्न पुगेका उपेन्द्रलाई कतारको चर्को गर्मीले समस्या भएको छ । उनले कि आफूलाई नेपाल फर्काउन वा उपचार गरेर इन्डोर काममा लगाउन अपिल गरेका छन् । तर, उपेन्द्रलाई पठाउने म्यानपावरलाई उनले आफ्नो समस्या सुनाउन पाएका छैनन् । किनभने उनलाई विदेश पठाउने म्यानपावर र दलालले उनको फोन नै उठाएका छैनन् । उनलाई विदेश पठाउने उनकै गाउँका प्रदिपकुमार सिंह हुन् ।
तर, उनले आफूलाई ‘प्रदीपकुमार राय’ भनेर चिनाउँछन् । प्रदीपलाई अनलाइनखबरले सम्पर्क गर्दा आफूले उपेन्द्रलाई विदेश पठाएको स्वीकार गरे । यादवले आफू प्रतिज्ञा म्यानपावरमार्फत् कतार आएको बताए पनि उनलाई विदेश पठाउने प्रदीपले भने डिलक्स म्यानपावरमार्फत पठाइएको बताएका छन् । आफ्नो घर र उपेन्द्रको घरसँगै भएकाले आफूले यादवलाई उपचारमा सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।ब्रेकिंग न्युज बाट
Loading...
लेबल:
News
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें