पीए नियुक्ति प्रकरण: छोरालाई स्वकीय सचिवमा नियूक्तसंगै प्रधानमन्त्री सर्बत्र रुपमा विवादमा...
प्रचण्डले सरकारको नेतृत्व गरेकै भोलिपल्ट छोरा प्रकाश दाहाललाई स्वकीय सचिवमा नियुक्त गरे !माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेकै भोलिपल्ट छोरा प्रकाश दाहाललाई स्वकीय सचिवमा नियुक्त गरेका छन् । यसले उनी कम्युनिष्ट होइन, एक सामन्ती र बंश परम्पराका पक्षपाती हुन् भन्ने कुरालाई पुनपुष्र्टि गरेको छ । उनका छोरा प्रकाश दाहाल पटकपटक विवादमा परिसकेका र पार्टीले बहुविवाह गरेको आरोपमा कारबाही गरेका पात्र हुन् ।
तर प्रचण्डले प्रधानमन्त्री हुनासाथ उनले धृतराष्ट्रझैं बनेर स्वकीय सचिवमा नियुक्त गरेपछि मिडिया र सामाजिक संजालमा चौतर्फी विरोध सुरु भएको छ । प्रधानमन्त्री दाहालले प्रमुख स्वकीय सचिवमा जोखबहादुर महरा र स्वकीय सचिवमा रमेश मल्ललाई नियुक्त गरेका छन् । प्रधानमन्त्रीको सचिवालय चुस्तदुरुस्त हुने भनिएको छ । तर प्रथम ग्रासे मक्षिकापातम् भन्ने संस्कृतिको उक्तिलाई चरितार्थ गर्दै छोरालाई स्वकीय सचिवमा राखेर प्रचण्डले नातावादको सुरुवात गरेका छन् ।
प्रचण्डपुत्र प्रकाश पटक पटक विवादमा पर्दैआएका छन् । डा.बाबराम भट्टराई नेतृत्वको सरकारका पालामा प्रकाश दाहाललाई सगरमाथा आरोहरण गर्नका लागि २ करोड रुपैयाँ दिने निर्णय चरम विवादमा परेको थियो । चर्को विरोध भएपछि दाहाललाई उक्त रकम दिने निर्णय रद्द भएको थियो ।
कृष्ण केसी र शिव डाँगीले पछि सहकारीहरुबाट रकम उठाएर प्रकाश दाहाललाई सगरमाथा आरोहण गराएका थिए । सगरमाथा आरोहणकै क्रममा विना मगरसँग प्रचण्डपुत्रको लभ अफेयर्स चलेको थियो । पछि विनासँग उनको तेस्रो विवाह नै भयो । दोस्रो विवाह गरेकी कास्कीकी सिर्जना त्रिपाठी प्रकाश दाहाल र उनकी आमा सीताको अत्याचार सहन नसकी माइतीमा बस्दैआएकी छिन् ।
सिर्जनाबाट जन्मिएको सन्तानको अहिलेसम्म प्रचण्डको परिवारले जन्म दर्ता गरिदिएको छैन । कर्णाली अन्चल र दलितका बालबच्चालाई जन्म दर्ता गर्न एक हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको प्रधानमन्त्री प्रचण्डले आफ्नै नातिको जन्मदर्ता नगरेका कारण पढाउन नसकेको पीडा पोख्दैआएकी छिन् । –न्युज 24 बाट
Loading...
लेबल:
News
Enjoy Yourself
Loading...




एक टिप्पणी भेजें