Latest Updates :

दलित भएकैले २ वर्षमा ४ ठाउँबाट निकालिए चर्चित कलाकार आयुष....हेर्नुहोस्..

SHARE THIS POST :

पाेखरा / आयुष परियार पोखरामा परिचित नाम हो । उनी चर्चित लोकदोहोरी गायक हुन् । तर उनी यतिखेर झिटीगुण्टा बोकेर घरि यता घरि उता भौतारिनु परेको छ । आयुष भौतारिनु परेको भाडामा बस्ने कोठा नपाएर हो । ‘दुई वर्षमा ४ ठाउँबाट निकालिँए,’ उनी भन्छन्, ‘दलित भनेपछि राख्नै खोज्दैनन् ।’

आयुष श्रीमतीसँगै पोखरामा बस्छन् । भदौरे तामागीका उनी पोखरा बस्न थालेको १० वर्ष भयो । कलाकार भएर चिनिन थालेपछि कोठा पाउन झन गाह्रो भएको उनको अनुभव छ । ‘मलाई कसैले नचिन्दा कोठा पाउन समस्या थिएन,’ उनले भने, ‘आयुष परियार भनेर मेला, महोत्सव, टेलिभिजनमा देखिन थालेपछि अप्ठेरो भयो ।’ कोठा खोज्न जाँदा आफूलाई पहिले नै चिनेर कोठा खाली नभएको भन्दै फर्काइदिने गरेको तितो अनुभव उनी सुनाउँछन् ।

दुई वर्ष अघि जिरो किलोमिटर चोक नजिकको घरमा उनी करिब १ वर्ष बसे । एक दिन नजिकै घरबेटीको आफन्तको बिहे थियो । उनलाई पनि निमन्त्रणा थियो । बिहेमा आएका निम्तालुले आयुषलाई चिनिहाले । उनलाई गीत गाउनँ लगाए । बेलुका घर फर्केर आउँदा घरबेटीले भने, ‘भाई तिमी त परियार पो रहेछौं, कोठा छोड्नुपर्ने भयो ।’

आयुषले त्यतिखेर आफूमाथि जातीय विभेद भएकोले कानुनी प्रक्रियामा जाने चुनौती दिए । घरबेटी गले र उनीसँग माफी मागे । तर त्यसपछिका दिनमा उनीमाथि अप्रत्यक्ष रुपमा विभेद गर्न भने छोडिएन । ‘सिधैं निस्क भन्न सकेनन् तर बस्ने वातावरण नभएकोले अन्तै सरे,’ उनले सुनाए । मालेपाटनमा पनि उनले उस्तै व्यवहार भोग्नुपर्‍यो । त्यहाँ पनि एक वर्ष बसेपछि विभिन्न बहानामा कोठा छोड्न बाध्य बनाइयो । उनलाई साउन १२ गते घरबेटीले बास्तु पूजा गर्ने निहुँमा कोठा छाड्न भने । उनले कोठा फेर्दैै गए तर मान्छेको नियत फेरिएको देखेनन् ।

आयुष साउन ५ गते साँस्कृतिक कार्यक्रमको शिलशिलामा नयाँ दिल्ली पुगेका थिए । उनलाई श्रीमती सम्झनाले घरबेटीले कोठा छोड्न भनेको खबर गरिन् । आयुषले घरबेटीलाई १० दिनको समय दिन भने । घरबेटीले तुरुन्तै कोठा छाड्न दबाब दिएपछि ससुरा बलराम परियारले कोठा खोज्न थाले ।

मालेपाटन, पस्र्याङ, जिरोकिलोमिटर वरपर चहारे । धेरै ठाउँमा जात सोधेर कोठा छैन भन्थे । बल्लतल्ल शान्तिनगर चोकमा साउन १२ गते कोठा मिल्यो । सबै सामान सारे । तर कोठा मिलेको खुसी दुई घन्टा भन्दा टिक्न पाएन । सामान सारिसकेपछि घरबेटी सुष्मा खनालले जात सोधिन् । आयुषका ससुराले भने, ‘परियार ।’ घरबेटीले दलितलाई आफ्नो घरमा नराख्ने भन्दै तुरुन्तै कोठा सर्न भनिन् ।

घरबेटी सुष्मा खनालले सुरुमा कोठा भाडामा दिएको तर दलित भन्ने थाहा पाएरै निकालेको आयुषले बताए । खनालले सुरुमा जात थाहा नभएर भाडामा दिएको स्वीकारिन् । ‘म बाहिर गएर केही खान्न, आफ्नै घरभित्र चोखोनिष्ठ गर्छु भन्दा किन पाउँदिन ?,’

आयुषले जातकै आधारमा कोठा नदिनु जातीय विभेद भएको बताउँछन् । ‘त्यही घरमा अरुलाई कोठा भाडामा दिनु हामीलाई नदिनु सरासर जातीय विभेदको,’ उनले भने । आयुषले यसका विरुद्ध कानुनको ढोका ढक्ढक्याउँने बताए । ‘सधैं कति चुप लागेर बस्ने,’ उनले भने, ‘अब सबैले बोल्न सक्यौं भने मात्रै विभेद कम हुन्छ ।’ दीपक परियारले समाधानमा खबर लेखेका छन् ।

शान्तिनगर चोकबाट आयुष दुई दिनपछि पस्र्याङमा सरे । उनलाई घरबेटीले बास दिए । कोठा सर्ने बेला घरबेटीले भनेछन्, ‘भाइ मलाई केही समस्या छैन तर छेउछाउमा दलित हुँ भनेर नभन्नु है ।’ सार्वजनिक मात्र नभइ निजी ठाउँमा पनि जातीय आधारमा विभेद गर्न नपाइने नेपालको संविधानमै उल्लेख छ । जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय ऐन) २०६८ ले जातीय विभेद गर्नेलाई तीन महिनादेखि तीन वर्षसम्म कैद, पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवानासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । अभियानबाट

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger