Latest Updates :

बिरामीकै सेवाका क्रममा हेलिकोप्टर दुर्घटनामा परीज्यान गुमाएकी निशाको घर बनाएर बिहे गर्ने सपना अधुरै...

SHARE THIS POST :


काठमाडौं , साउन २६ – ‘बुबाले घरजग्गा बेचेर मलाई स्टाफ नर्स पढाउनु भएको छ । मेरो पढाइका कारण हमी घरबारबिहीन भएका छौं । पैसा कमाएर पहिला घर बनाएर बुबाआमालाई राख्छु अनि मात्र विवाह गर्छु भन्थी,’ नुवाकोटमा सोमबार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकी निशा तामाङकी ८० वर्षीया हजुरआमा सानुमाया शाक्य भावविह्वल भएर नातिनीको योजना सुनाउँदै थिइन् । उनी निष्ठुरी देवसँग बिलौना गर्दै थिइन्, ‘मेरो नातिनी हामी सबैलाई छाडेर बिदा भई । कलिलैमा किन चुँडिदियौ मेरो नातिनीलाई ?’

हेलिकोप्टर दुर्घटनामा परी नातिनीको निधन भएको खबरपछि वृद्धा सानुमाया शाक्यले मन थाम्न सकिरहेकी छैनन् । ‘जागिरबाट बिदामा घर आउँदा घर नगई पहिला अजी भन्दै मामाघर आउँथी, अब मलाई कसले अजी भन्छ । मलाई एक्लै छोडेर गई,’ उनले बिलौना गरिन्, ‘१ देखि ७ कक्षासम्म मैले नै पढाएर हुर्काएकी थिएँ ।’

सानुमायालाई सान्त्वना दिन उनको घरमा भेला भएका आफन्त सानुमायासँगै रोइरहेका थिए । छुट्टीमा आउँदा मोबाइल ल्याइदिन्छु भनेर एक घन्टा अगाडि फोनमा बोलेकी निशाको मृत्युको खबरले मावली घरमा रुवाबासी छ । सोमबार नुवाकोटमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा सुनसरी इनरुवा बजारकी २२ वर्षीया निशाको निधन भएपछि इनरुजा र इटहरीमा यतिबेला आफन्त शोकमा छन् ।

निशाको मामली घर इटहरी र इनरुवाको महेन्द्र चोकमा भएको उनको घरमा भेला भएका निशाका आफन्तहरु रुवाबासी छ, निशाको मृत्युको खबरले उनका मावली हजुरबुबा ८१ वर्षीय नरबहादुर शाक्य पनि बेहोस छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger