Latest Updates :
LATEST UPDATES

के तपाई गुप्ताङ्गको दुर्गन्धले चिन्तित हुनुहुन्छ ? घरमै छ यसको समाधान....




 


एजेन्सी । गुप्ताङ मानिसका अत्यान्तै गोप्य र संवेदनशील अंगहरु हुन् । यही भएका कारण धेरै मानिस गुप्ताङका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् । कतिपय त लाजकै कारण पनि गुप्ताङमा हुने समस्याहरुलाई सहेर बसिरहेका हुन्छन् ।

शरीरभित्र रहेका विकार वस्तु निस्किेन प्रमुख द्धार भएका कारण पनि गुप्ताङ फोहोर हुनुलाई स्वभाविक नै मानिन्छ । यस्तै फोहरका कारण गुप्ताङ र वरीपरीको भाग हाम्रो शरीररको अन्य भाग भन्दा बढी दुर्गन्धित हुने गर्दछ ।


गुप्ताङको उचित स्यहार र सफाई नगर्दा यसबाट निस्किने दुर्गन्धले स्वयम् व्यक्तिलाई नै अप्ठेरो बनाइ राखेको हुन्छ । गुप्ताङ दुर्गन्धको पुरुषको तुलनामा महिलामा आउने हुँदा उनीहरु यस्तो समस्याबाट बढी पीडित हुने गरेका पाइन्छ । यस्तो समस्याबाट पार पाउन केही घरेलु समाधानका टिप्सहरु तल दिइएको छ ।

– दुई चम्चा मेथीलाई एक गिलास पानीमा रातभरी भिजाएर अर्को दिन उठ्ने बित्तिकै खाली पेटमा मेथी छानेर पानी पिउँदा पनि सो समस्याबाट मुक्ति पाउन सकिन्छ । यस्तो विधि लगातार दुई हप्तासम्म गर्न सकेमा समस्याबाट मुक्ति पाउन सकिन्छ ।

– निमको पातलाई पानीमा उमाल्ने र चिसो भइसकेपछि सो पानीले गुप्ताङ्ग धुदा दुर्गन्ध निस्तेज हुन्छ ।

– अमला प्राकृतिक रुपमा रक्तशोधक हो र गुप्ताङ्गमा दुर्गन्ध फैलाउने रोग ल्युकोरिया हुनबाट बचाउने भएका कारण यसलाई काँचै अथवा अचारको रुपमा खाने खाने गर्दा पनि उत्म हुन्छ ।

– गुप्ताङ्गको दुर्गन्धबाट पार पाउनका लागि तपाईंले प्रत्येक दिन ८ देखि १० ग्लास पानी पिउनुपर्ने हुन्छ । पानीले शरिरबाट विषादि र जिवाणुलाई हटाउने काम गर्दछ ।

– दहि खानाले पनि गुप्ताङ्गको दुर्गन्धलाई नियन्त्रण गर्न सघाउ पुग्छ ।

यसका अलावा नियमित रुपमा गुप्ताङ्गको सफाई पनि गर्नुपर्छ । सामान्य त पिसाव गरेपछि गुप्ताङ्ग पखाल्ने धेरैको बानी हुदैन तर यदि तपाईमा यस किसिमको समस्या छ भने पिसाव गरेपछि पनि गुप्ताङ्ग धुने गर्नुहोस यसले पनि दुर्गन्ध हटाउन मद्धत गर्छ ।

त्यस्तै तपाईले लगाउने भित्रि बस्त्र पनि सकेसम्म दैनिक परिवर्तन गर्नुस साथै आकर्षक भन्दा पनि सुतीको नै प्रयोग गर्नु राम्रो मानिन्छ । नियमित रुपमा सफा र चिसो पानीले यौनानाङ्गको सफा गरेमा पनि यस्ता समस्याबाट पार पाउन सकिन्छ ।

नेपाली पत्र बाट
Loading...

बेल खानाका फाईदा के के छन् जानी राखौँ....


ताजा खबर :- बेल तराईका जंगलमा पाईने एक फल हो यसको पातलाई पुजा आजामा प्रयोग गरिन्छ भने फललाई पाकेपछि खाने पनि गरिन्छ आउनुहोस बेल खानाका फाईदा के के छन् जानी राखौँ ।


पेट दुख्ने रोगमा
बालबेल भनेको काँचो चाना पारेर सुकाएर राखेको बेल हो, जसलाई कुटेर बिहान–बेलुका एक–एक चम्चा काँडा पकाएर खाने गरे पेट सम्बन्धी सम्पूर्ण रोगहरु ठीक हुन्छ ।

आँउ रगत परेमा
जतिसुकै कडा र पुरानो आउँ रगत परेको छ भने पनि बालबेलको काँढा बिहान–बेलुका सेवन गरेमा तीन–चार दिनमै ठीक भएर आउँछ ।

पित्तको रोगमा
अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बालबेलको चिया खाने गरेमा पित्तको रोग ठिक हुन्छ र यसले धित पनि मार्छ ।

झाडा पखाला लागेमा
बेलको एक मुठी पात पानीमा पिनेर मिस्री हालेर खाएमा जस्तो सुकै दिसा–झाडा लागेको पनि तीन–चार मात्रामै ठीक हुन्छ ।

अजीर्ण भएमा
बेलपत्रको रस नित्य एक–एक चम्चा बिहान–बेलुका पिउने गरेमा अजीर्ण, पुरानो आउँ रगत आदि रोग ठीक हुन्छ ।

दमको रोगमा
बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान÷बेलुका खाने गरेमा दमको रोग समन हुँदै जान्छ ।

दाँतको गिजाको रोगमा
गिजा दुख्ने, पाक्ने भएमा बेलपत्रको धूलोमा तोरीको तेल तीन÷चार थोपा, नुन एक चिम्टी र एक चिम्टी बेसार हालेर औंलाले बिस्तारै गिजामा मालिस गर्ने र तातो पानीले केही दिन कुल्ला
गर्ने गरेमा दशरपन्ध्र दिनमै ठीक हुन्छ ।

बान्ता रोक्न
आधा चम्चा बेलको फूल पानीसँग खाने गरेमा एक÷दुई मात्राले नै वमन रोक्न मद्दत हुन्छ ।

रुघा, खोकी लागेमा
बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।

Loading...

२२ बर्षीया गर्भवती महिला ६ महिनादेखि दाम्लोमा बाधिन बाध्य....हेर्नुहोस


उदयपुर – थोत्रो घर, मक्किएका बाँसका भाटाले बारबेर गरेपनि जताततै भ्वाङ, बाहिर छेउमा रहेको पुरानो खाट, त्यसमाथि दुवै हात बाँसको टाटीमा बाँधिएर बसेकी एक गर्भवती महिला । गर्भवती अवस्थामा नियमित व्यायाम, स्याहार–सुसार र खानपिनमा विशेष पौष्टिक आहारको आवश्यकता पर्छ । तर, उदयपुरको त्रियुगा नगरपालिकाकी एक महिलालाई भने विगत ६ महिनादेखि घरमै बाँधेर राखिएको छ ।

मानसिक रोग लागेकी त्रियुगा नगरपालिका वडा नंं.– ५ भातिखर्ककी २२ वर्षीया सृजना कार्की (खड्का) उपचार अभावमा बाँधिएर बस्न बाँध्य भएकी हुन् । गर्भवतीलाई श्रीमानले समेत घरमै छाडेर हिँडेपछि उनी बिचल्लीमा परेकी छिन् । गर्भ रहेको दुई महिनाको भएपछि छोराले समेत छाडेर हिँडेपछि वृद्ध सासु–ससुरालाई बिरामी बुहारीको बोझ थपिएको ससुरा भिम बहादुर खड्काले बताए । उनले भने– ‘छोरा कहाँ गयो गयो, अत्तो पत्तो छैन् बिरामी बुहारीको हामी बुढाबुुढीले कसरी स्याहार गरौं ।’ सिन्धुलीको लदाभिर गाविसबाट २०७० फागुनमा विवाह भई गाईघाट आएकी खड्काको माईत पक्ष समेत विरामी भएपछि हेर्न समेत नआएको ससुराले गुनासो गर्दै भने– ‘बुहारी विरामी भएको यत्रो दिन भयो, तर जन्म दिने बुबाआमा त भेट गर्न आउनुपर्ने हो उनीहरु पनि आएका छैनन ।’ ‘०७१ जेठमा पाटन अस्पताल गएर चेक जाँच गराएकोमा नियमित चिकित्सकको निगरानीमा औषधी सेवन गर्नु भनेको थियो, तर आर्थिक अभाव भएकाले पुनः पाटन लान सकिएको छैन्’ न्याउरो मुख लगाउदै खड्काले गुनासो गरे । ‘एक त मानसिक रोगी त्यसमाथि खुट्टामा घाउ भएर प्mयात्तै पाकेको छ उपचार गर्न पैसा छैन्’ भिमबहादुरले भक्कानिँदै भने । गर्भवती महिला उपचार अभाव भएकै कारण बाँधिएर बस्नु दुःखद भएको महिला अधिकारकर्मी महेश्वरी राईले बताईन् । गैर सरकारी संस्था महासंघ उदयपुरको अध्यक्ष समेत रहेकी राईले भनिन्– ‘हामी अधिकारकर्मीहरुको पहलमा बैठक बसेर के सहयोग गर्न सकिन्छ भनेर छलफल गर्नेछौं ।
नेपाली न्युज
Loading...

बिरामीकै सेवाका क्रममा हेलिकोप्टर दुर्घटनामा परीज्यान गुमाएकी निशाको घर बनाएर बिहे गर्ने सपना अधुरै...



काठमाडौं , साउन २६ – ‘बुबाले घरजग्गा बेचेर मलाई स्टाफ नर्स पढाउनु भएको छ । मेरो पढाइका कारण हमी घरबारबिहीन भएका छौं । पैसा कमाएर पहिला घर बनाएर बुबाआमालाई राख्छु अनि मात्र विवाह गर्छु भन्थी,’ नुवाकोटमा सोमबार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकी निशा तामाङकी ८० वर्षीया हजुरआमा सानुमाया शाक्य भावविह्वल भएर नातिनीको योजना सुनाउँदै थिइन् । उनी निष्ठुरी देवसँग बिलौना गर्दै थिइन्, ‘मेरो नातिनी हामी सबैलाई छाडेर बिदा भई । कलिलैमा किन चुँडिदियौ मेरो नातिनीलाई ?’

हेलिकोप्टर दुर्घटनामा परी नातिनीको निधन भएको खबरपछि वृद्धा सानुमाया शाक्यले मन थाम्न सकिरहेकी छैनन् । ‘जागिरबाट बिदामा घर आउँदा घर नगई पहिला अजी भन्दै मामाघर आउँथी, अब मलाई कसले अजी भन्छ । मलाई एक्लै छोडेर गई,’ उनले बिलौना गरिन्, ‘१ देखि ७ कक्षासम्म मैले नै पढाएर हुर्काएकी थिएँ ।’

सानुमायालाई सान्त्वना दिन उनको घरमा भेला भएका आफन्त सानुमायासँगै रोइरहेका थिए । छुट्टीमा आउँदा मोबाइल ल्याइदिन्छु भनेर एक घन्टा अगाडि फोनमा बोलेकी निशाको मृत्युको खबरले मावली घरमा रुवाबासी छ । सोमबार नुवाकोटमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा सुनसरी इनरुवा बजारकी २२ वर्षीया निशाको निधन भएपछि इनरुजा र इटहरीमा यतिबेला आफन्त शोकमा छन् ।

निशाको मामली घर इटहरी र इनरुवाको महेन्द्र चोकमा भएको उनको घरमा भेला भएका निशाका आफन्तहरु रुवाबासी छ, निशाको मृत्युको खबरले उनका मावली हजुरबुबा ८१ वर्षीय नरबहादुर शाक्य पनि बेहोस छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Loading...

यसकारण रखिदो रहेछ मन्दिर को भित्तामा यौन कला.... हेर्नुहोस....................


Loading...

अनौठो चलन:जहाँ छोरीलाई विहेका निम्ति परिवारले नै बलात्कार गर्न सघाउँछ.... हेर्नुहोस



संसारमा अनेक अमानवीय र असभ्य परम्परा छन् । किर्गिस्तानमा बलात्कार गरेर महिलालाई बिहेका निम्ति राजी गराउने परम्परा छ । सुन्दा अपत्यारिलो लागे पनि त्यहाँ यस्तो अभ्यास लामो समयदेखि चलिआएको छ । 

यस्तो परम्परालाई त्यहाँ ‘अला कचु’ भनिन्छ । यो चलनअन्तर्गत आफूलाई मन परेकी युवतीलाई पुरुषले अपहरण गर्छ र एकान्तमा लगेर आफूसँग बिहे गर्न फकाउँछ । युवती राजी भइन् भने भइगयो, होइन भने बलात्कार गरेर उसले युवतीलाई बिहेका निम्ति बाध्य पर्छ । मनले खाएको युवकसँग छोरीचेलीको बिहे होस् भन्ने चाहनेले छोरीचेलीकै बलात्कारको माहोल मिलाउन सहयोगसमेत गर्ने गरेका छन् । बलात्कृत भएपछि युवतीले पनि बिहेका निम्ति राजी हुनुपर्छ ।

बलात्कार गरेर युवतीलाई बिहेका निम्ति राजी गराउने यस्तो परम्पराले महिलाविरुद्ध हिंसालाई प्रवद्र्धन गरेको भन्दै सन १९९४ मा यसमाथि कानुनी प्रतिबन्ध लगाइएको थियो । तापनि, हरेक वर्ष किर्गिस्तानमा १२ हजार महिलालाई बलात्कार गरेर बिहेका निम्ति राजी गराउने गरिएको तथ्यांकले देखाउँछ ।नागरिक न्युजबाट साभार

Loading...

२६ वर्षकी छात्रालाई रक्सी रानीको ताज....हेर्नुहोस

एक सिरियाली शरणार्थी छात्राले जर्मनीमा रक्सीकी रानीको ताज पहिरिएकी छिन् । जर्मनीको सबैभन्दा राम्रो मदिरा उत्पादन गर्ने एक क्षेत्रमा उनलाई यस्तो उपाधि प्रदान गरिएको हो । प्हिलोपटक कुनैपनि शरणार्थीलाई यस्तो ताज प्राप्त भएको बताइएको छ ।

रिपोर्ट अनुसार यसरी जर्मनीमा रक्सी रानीको उपाधि पाउने २६ वषर्ीया सिरियाली युवतीको नाम निनोरटा बहनो हो । उनी सिरियामा चलेको गृहयुद्धका कारण तिन वर्ष पहिले भागेर जर्मनीमा गई शरण लिएकी थिइन् ।

लक्जेम्बर्गको सिमानामा रहेको पश्चिमी जर्मन शहर टि्रयरमा सिरियाली इसाइ धर्मावलम्बी निनोरटाले हालै यस्तो रक्सीकी रानीको उपाधि पाइन् । यस्तो उपाधिले समाजमा एकिकरणलाई प्रोत्साहित गर्ने उनको भनाई छ ।

जर्मनहरु निकै खुल्ला हृदयका हुन्छन् र जर्मनी हरेकलाई स्वागत गर्ने देश हो भन्ने कुरा आफुले देखाउन चाहेको भन्दै उनले जर्मनहरु शरणार्थीहरुलाई सफलतापूर्वक तथा शिघ्र रुपमा समाजमा एकिकरण गर्नमा काम गरिरहेको उनले बताएकी छिन् । शरणार्थीहरुलाई नयाँ समाजमा घुलमेल हुन निकै गाह्रो हुने उनको अनुभव छ ।


गत वर्ष जर्मनीमा १० लाख भनदा बढि शरणार्थी भित्रिएका थिए जसमध्ये अधिकांस सिरियाली शरणार्थी थिए ।

अब उनले आगामी वर्ष हुने टि्रएर उत्सवमा रक्सी उत्पादकहरुको प्रतिनिधित्व गर्नेछिन् । उनले स्थानीय रक्सी बनाउने छोटो समयको तालीम पनि लिएकी छिन् ।

आफ्नो सबैभन्दा मनपर्ने वाइनको ब्राण्ड राइजलिङ रहेको उनले बताएकी छिन् ।

स्मरण रहोस् जर्मनीमा रक्सीकी रानी उपाधि प्रदान गर्ने परम्परा सन् १९३० देखि नै चलिरहेको छ । जर्मनीमा हरेक वर्ष सेप्टेम्बरमा विभिन्न १३ इलाकाहरुबाट निनोरटाजस्तै रक्सी रानीहरु जर्मन रक्सी रानीको उपाधिका लागि प्रतिस्पर्धा गर्दछन् ।अनलाइनखबरबाट साभार

Loading...

बर्षालाई गाडीमा लिफ्ट दिदा उत्साहित हुने शिवहरी......हेर्नुहोस कारण यस्तो रहेछ ....


काभ्रेको सिमलटारमा चलचित्र ‘छक्का पन्जा’को छायांकन भएकाले निर्माता तथा कलाकार दीपकराज गिरी, निर्देशक दीपाश्री निरौलाको टिम उतै बसेको थियो । काठमाण्डौबाट भने कलाकार शिवहरी पौडेललाई बिहान सुटिङ स्थल जाँदा उनको गाडीमा २-४ जना कलाकार राखेर ल्याउनु भन्दै दीपकले फोन गर्थे ।

जब, दीपकले बसुन्धरा भुषाल, अरु केही कलाकारको नाम लिदै नायिका बर्षा राउतलाई पनि ल्याउनु भन्थे, शिवहरी निकै उत्साहित हुन्थे । दोश्रो दिनदेखि भने बर्षालाई पनि ल्याउने हो भन्दै शिवहरीले दीपकलाई आफै प्रश्न गर्थे । दीपकले हो भनेपछि उनी उत्साहित हुन्थे ।

एक दिन बर्षा होइन है भनेपछि, शिवहरीले भनेछन्-‘होइन म यो चलचित्रको कलाकार हो कि ड्राइभर ।’ चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा दीपकले शिवहरीको बर्षाप्रतिको मोहको रमाइलो किस्सा सुनाए ।

यो चलचित्रमा बषर्ा शिवहरीकी प्रेमिकाको भूमिकामा देखिएकी छिन् ।अनलाइन खबरबाट साभार
Loading...

आफूलाई भारतीय भनिएपछि गौरिकाको आपत्ति....हेर्नुहोस




काठमाडौ, २४ साउन । नेपाली पौडीबाज गौरिका सिंहलाई भारतीय सञ्चारमाध्यमले भारतीय नागरिक भनेर समाचार लेखेपछि उनले आपत्ति जनाएकी छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत  उनले आफूलाई भारतीय भनेकोमा आपत्ति जनाएकी हुन् । गौरिकाले लेखेकी छिन्– ‘कृपया उनीहरूलाई सच्चाउने अवसर दिउँ ‘म नेपाली हुँ’ भारतीय होइन’ मलाई विश्वास छ यो कुरा उनीहरूसम्म पुग्ने छ ।’

भारतको ओलम्पिक अपडेट्स डटकमले ‘१३ वर्षिय सबैभन्दा कान्छी पौडीबाज स्वीमर भारत’ भन्ने हेडलाइन बनाएपछि गौरिकाले अपत्ति जनाएकी हुन् ।दैनिक नेपालबाट साभार

Loading...

फेसबुकले बचायो युवतीको ज्यान : आत्महत्या गर्न हिँडेको १२ घण्टा नबित्दै रेलबाटै उद्धार.....

सुनसरी । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक युवती आत्महत्या गर्ने भन्दै बनारस पुगेको अवस्थामा नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ।  सामाजिक सञ्जालबाट आत्महत्या गर्ने सूचना पाइएकै आधारमा महानगरीय अपराध महाशाखाले ती युवतीलाई उद्धार गरेको हो।  एमबीबीएस अध्ययन गरिरहेकी ती युवतीले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या गर्न लागेको स्टाटस पोस्ट गरेकी थिइन्।

 प्रहरीका अनुसार स्टाटस पोस्ट गरेलगत्तै उनी जोगवनीबाट सिधै बनारसतर्फ लागिन्। सो स्टाटस पोस्ट गरेपछि आफूसँग भएको मोबाइलसमेत सम्पर्क विच्छेद गरेर उनी बनारसतर्फ गएकी थिइन्। उनको स्टाटस पढेपछि परिवार निकै चिन्तित बन्यो। उनको परिवारका सदस्य तत्कालै महानगरीय अपराध महाशाखामा सो सूचना लिएर पुग्यो। ती युवतीकी आमा र बहिनीले सो घटनाबारे सवै कुरा महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सवेन्द्र खनाललाई बतएपछि खनालले तत्कालै मोरङ प्रहरीमा सम्पर्क गरी उद्धारमा खटाए।


कपिलबस्तु स्थायी ठेगाना भई काठमाडौंमा बस्दै आएकी उनकी आमा र बहीनीले सो घटनापछि निकै तनाबमा थिए। उनको आमाको मोबाइल भारतीय नम्बरबाट मिसकल आएको थियो। स्टाटस पोस्ट गरी मोबाइल स्विच अफ गरेपछि आमा तनाबमा परेकी हुन्। आमाको मोबाइलमा आएको भारतीय नम्बरमा कल गरी विराटनगर प्रहरीलाई त्यसको लोकेसन दिई भारतीय प्रहरीलाई समेत सहयोग मागेका थिए।


स्रोतका अनुसार भारतीय नम्बर जोगबनीनजिकै रहेको रेल्वे स्टेसनमा कार्यरत आरटीओको रहेको पत्ता लागेको थियो। खनालले सोधपुछ गरेपछि युवतीले आफूसँग मोबाइल नभएको र घरमा फोन गर्न मोबाइल मागेको बताएको स्टेसनका कर्मचारीले जानकारी दिएका थिए। राजधानी दैनिकखबरबाट साभार

Loading...

फिस्टेल एयरकाे हेलिकाेप्टर दुर्घटना, पाइलट सहित ७ काे मृत्यु:अधुरो रह्यो दुई पाइलटको भेट.....हेर्नुहोस[भिडियो सहित]



फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा निधन भएका पाइलट क्याप्टेन रञ्जन लिम्बुले मकालु एयरका पाइलट क्याप्टेन साङ्गे लामालाई आइतबार फोन गरेका थिए– ‘सर, हजुरको अन्तरवार्ता हेरेँ, निकै कन्फिडेन्ट बढाउने र प्रेरणादायी छ।’ फोनमा रञ्जनले भनेका थिए ‘नयाँ जीवन पाउनुभयो, वेल्कम ब्याक सर,’ रञ्जनले प्रस्ताव पनि राखे ‘एकपटक भेट्न चाहन्छु, आज मिल्छ?’

साङ्गे लामा गतसाता हुम्ला सदरमुकाम सिमिकोटबाट सुर्खेतका लागि उडेको मकालु एयरको जहाजको इन्जिन ११,५०० फिट उचाइमा फेल भएपछि कर्णाली नदीमा ‘क्रयास ल्याण्ड’ गरेर ज्यान बचाएका पाइलट हुन्। लामाले कसरी सहासिक र विवेकपूर्ण निर्णय लिएर इन्जिन फेल भएको जहाजबाट आफू र को पाइलट प्रशान्त शाहको ज्यान बचाए भन्नेबारे नागरिक शो मा अन्तरवार्ता प्रस्तुत गरिएको थियो। आइतबार सोही अन्तरवार्ता हेरेर लिम्बुले लामालाई फोन गरेका थिए।

‘आइतबार भेट्ने उसको प्रस्ताव मैले स्वीकार्न सकिन,’ क्याप्टेन लामाले नागरिकन्युजसँग भने ‘म त्यो दिन नागरिक उड्ययनमा हाम्रो जहाज दुर्घटनाबारेको अनुसन्धानका लागि निकै व्यस्त थिएँ, हामी सोमबार भेट्ने योजनामा थियौं।’ उनले थपे- ‘ऊ (रञ्जन) माहांकाल बस्थ्यो, म जोरपाटी, हामी त्यो दिन कतै क्याफेमा भेट्ने योजनामा थियौं।’

सोमबार पनि क्याप्टेन लामा नागरिक उड्यनमै व्यस्त थिए। फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भएको खबर एकाएक सनसनी बनेर फैलियो। उड्ययन प्राधिकरणका अधिकारीको ध्यान त्यतै तानियो। ‘दुर्घटनाको खबर सुनेपछि हाम्रो अनुसन्धान प्रकृयाको काम पनि रोकियो हामी हेलिकप्टर दुर्घटनाबारे विस्तृत बुझ्नतर्फ लाग्यौं।’ क्याप्टेन लामाले भने- ‘फिस्टेल एयरको हेलिकप्टर भन्ने बित्तिकै मैले रञ्जनलाई सम्झिएँ, मन भारी भयो, कतै ऊ नै त परेन? शंका झनै गहिरियो, किनकि फिस्टेलमा ऊ नै सबैभन्दा बढी हेली उडाउने मध्येको एक थियो।’

क्याप्टेन लामाले गरेको शंका केहीबेरमै यथार्थमा बदलियो। ‘रञ्जन नै रहेछ,’ लामाले प्रायश्चित र पीडाको भावमा भने- ‘आजै भेट्ने कुरा भएको थियो, त्यही प्रिय मान्छे नै रहेन, म थामिनै सकिन, हिजो नै उसले भेट्न चाहेको थियो, मैले भेट्न सकिन, त्यसमा मलाई झनै पीडा र प्रायश्चित लाग्यो।’

क्याप्टेनद्वय लामा र लिम्बु निकै समयदेखि चिनजानका साथी थिए। तर लिम्बु लामालाई सिनियरको सम्मान दिन्थे र सर भनेर पुकार्थे। ‘हामी बेलाबखत भेटेर गफिन्थ्यौं, रमाइलो गर्थ्यौं, सँगै तालिममा पनि सहभागी भयौं’ लामाले सम्झिए- ‘ऊ नेपालमा कार्यरत पाइलटमध्येको एक योङ र जाँगरिलो पाइलट थियो।’

‘एकपटक सुर्खेतमा हामी रातभरि गफिएर बसेका थियौं, उसले विदेशमा राम्रो अफर आएपनि नेपालमै बसेर काम गर्ने भन्दै देश छाड्न नसकेको बताएको थियो,’ लामाले भने।

यो वर्ष बर्षातयाम सुरू भएपछि रञ्जनले पृष्ठभूमिमा बाक्लो कुहिरो देखिने भिरालो ठाउँमा हेलिकप्टर ल्याण्ड गरेको फोटो फेसबुकमा पोष्ट गर्दै लेखेका थिए- ‘ह्याप्पी मनसुन, स्टे र एण्ड सेफ।’

पाइलटहरूका लागि मनसुन सिजन जोखिमपूर्ण मानिन्छ। लामा भन्छन्- ‘अहिले म उसको त्यो पोष्ट सम्झिरहेको छु, ऊ बादलमै अलमलिएर दुर्घटनामा परेको जस्तो लाग्छ, प्रारम्भिक प्रतिबेदनमा पनि त्यही देखिएको छ।’
यो थियो क्याप्टेन लामासँगको नागरिक शोः
Loading...

चितवनमा दुई बस ठोक्किँदा नौ घाइते....हेर्नुहोस


चितवन, २५ साउन । पूर्वी चितवनको राप्ती नगरपालिका–९ खुरखुरेमा सोमबार दुई बस ठोक्किँदा नौ यात्रु घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्तीको खुरखुरेमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा १ क ५२२७ नम्बरको डेजी स्कुलको बसले सोही दिशातर्फ आउँदै गरेको ना ५ ख १९७६ नम्बरको बसलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
सोमबार साँझ भएको दुर्घटनामा घाइते भएका यात्रुको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएका गाडीका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

Loading...

हेलिकोप्टर दुर्घटनापछि सिर्दिवास शोकमा !.....


गोरखा /  घरमुली ६० वर्षीय कितमान गुरुङ, उनकी श्रीमती ५६ वर्षीया अज्ञानी, बुहारी १९ वर्षीया प्रिती, पाँच दिनको नवजात शिशु बिरामी भएपछि ज्वाइँ सुजन गुरुङले उनीहरुको उपचार राजधानीको अस्पतालमा गर्ने सोचले हेलिकोप्टर झिकाए ।


फिस्टेल एअरको नाइन एनकेए कलसाइन भएको हेलिकोप्टर बिरामी लिन सोमबार गोरखाको सिर्दिवास–२ फिलिमस्थित बुद्ध आवासीय माविको प्राङ्गणमा अवतरण भयो ।

हेलिकोप्टरमा २५ वर्षीय क्याप्टेन रञ्जन लिम्बू र बिरामी लिन आएकी लक्ष्मी गुरुङ थिइन् । उहिया गाविस घर भएकी लक्ष्मीको माइती सिर्दिवास हो । नाताले उनी र कितमान आफन्त पर्छन् । एकै घरका चारजनासहित फेज नेपाल नामक गैरसरकारी संस्थाकी स्वास्थ्यकर्मी सुनसरीको इटहरीकी २२ वर्षीया निशा तामाङ, क्याप्टेन रञ्जन लिम्बू र लक्ष्मी गुरुङ चढेको हेलिकोप्टर करिब ११ः३० बजे सिर्दीबासबाट राजधानीका लागि उडेको थियो ।

सासू, ससुरा, प्रिती र नवजात शिशु (प्रितीको छोरा) लाई हेलिकोप्टर चढाएर कितमानका अर्का ज्वाइँ बहादुर गुरुङ घर फर्किए ।

सिर्दिवासबाट उडेको हेलिकोप्टर काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन ४० मिनेट लाग्छ । बिरामी भएका आफन्त लिएर उडेको हेलिकोप्टर एक घन्टासम्म एअरपोर्टमा अवतरण नभएपछि बहादुर र सुजनसहित गाउँले छट्पटाउन थाले । केहीबेरपछि नुवाकोटमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको खबर सुनेपछि गाउँमा रुवाबासी चल्यो ।

प्रितीका श्रीमान् कालु गुरुङ वैदेशिक रोजगारीका लागि गत पुसदेखि मलेसियामा छन् । “उपचार गर्न हेलिकोप्टर चढाएर पठाएका चारजनाको निधन भयो” सिर्दिवासका बहादुर गुरुङले भने, “घरको ढोका खोल्ने मान्छे भएन ।”

घरको रेखदेख गर्ने जिम्मा ज्वाइँ बहादुरलाई दिइएको थियो । हेलिकोप्टर दुर्घटनामा कितमानका परिवारका सदस्यको निधन भएको खबर सुनेपछि गाउँले फिलिमस्थित घरको आँगनमा भेला भएका छन् । गाउँले र आफन्त शोकमा डुबेको बहादुरले टेलिफोन कुराकानीमा बताए ।

मनास्लु पदमार्गमा पर्ने उत्तरी गोरखाको दुर्गम गाउँमध्ये सिर्दिवास पनि एक हो । यहाँका महिला हरेक वर्ष सुत्केरी हुन नसकेर मृत्युको मुखमा पुग्छन् । सडक सुविधा नहुँदा ऋण खोजेर हेलिकोप्टरमार्फत बिरामीको उपचार गर्न राजधानीका अस्पताल लैजानुपर्ने बाध्यता छ । गाउँमा स्वास्थ्यचौकी छ, स्वास्थ्यकर्मी भेटिन्छन् तर औषधिको अभाव चुलिँदो छ । सदरमुकाम गोरखा आइपुग्न तीन दिन लाग्छ । बर्खामा ढुङ्गा खस्दा बाटो हिँड्न समस्या छ ।

कितमानको परिवारले रहरले हेलिकोप्टर मगाएका होइनन् । हेलिकोप्टरको भाडा रु एक लाख २० हजार तिर्नसक्ने उनीहरुको आर्थिक क्षमता छैन । ऋण खोजेको पैसाले हेलिकोप्टरको भाडा तिर्न कितमानले रु एक लाख २० हजार साथै राखेका थिए । उनीसहित हेलिकोप्टरमा सवार सातजनाको निधन भएपछि त्यो पैसा भेटिने सम्भावना रहेन । नुवाकोट बेतनीको चुच्चेभिरमा उक्त हेलिकोप्टर सोमबार दुर्घटनामा परेको हो । दुर्घटनामा परी ज्यान गुमाएकाको शव परीक्षणका लागि राजधानीस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

हेलिकोप्टरमा सवार रहेकी सुनसरी इटहरीकी २२ वर्षीया निशा तामाङ उत्तरी क्षेत्रमा स्वास्थ्य सेवा दिइरहेको फेज नेपालकी स्वास्थ्यकर्मी (स्टार्फनर्स) हुन् । तामाङले चुम्चेत, सिर्दिवास र छेकम्पारलगायत उत्तरी गोरखाका दुर्गम भेगका जनताको स्वास्थ्यको ख्याल राख्दै उपचारमा सहयोग गर्दै आएकी थिइन् । सरकारी कर्मचारी खासै नबस्ने उत्तरी भेगमा फेज नेपालका कर्मचारी भने निरन्तर बसिरहेका हुन्छन्, जनताको सेवामा खट्छन् ।

सिर्दिवासस्थित स्वास्थ्य चौकीका अहेव प्रेम गुरुङका अनुसार फेजका स्वास्थ्यकर्मीले दुर्गम भेगमा स्वास्थ्य सेवा पु¥याउन सहयोग गर्नुका साथै जनचेतना फैलाउने काम पनि गर्दै आएका छन् । फेजले हेलिकोप्टर चढेर भएपनि राजधानी आउन भनेपछि तामाङ सोही हेलिकोप्टर चढेर राजधानी जाँदै थिइन्, दुर्घटनामा परी उनको पनि निधन भयो । टेलिकमको स्काइ फोन सेवाले काम नगर्दा सिर्दिवासबासीले दुःख पाएका छन् ।

बिरामीलाई उपचार गर्न लैजाँदा सिङ्गो परिवारकै खुसी खोसिएपछि गाउँले शोकमा छन् । दुर्घटना भएको खबर सुनेपछि छरछिमेक, आफन्त गुरुङको घरको आँगनमा भेला भएका थिए । “परिवारको याद आइरहन्छ । रातभर सुतेनौँ” कितमानका ज्वाइँ बहादुरले भने ।

दुर्गम गाउँमा गुणस्तरीय स्वास्थ्य सेवा नपाउँदा ऋण खोजेर हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता दुर्गमवासीलाई छ । भूकम्प, पहिरोलगायत प्राकृतिक विपद् झेलेका सिर्दिवासवासीले यो अर्को पीडा खेपेका हुन् ।

एकै परिवारका चारजनाको निधन भएपछि घरको ढोका खोल्ने र लेकमा रहेका बस्तुभाउको रेखदेख गर्ने पनि मान्छेको अभाव भएको छ । रासस


Loading...

दाम्पत्य सम्बन्धलाई जोगाउने उपाय.....पुरा पठ्नुहोस



दाम्पत्य जिवनलाई सुमधुर बनाइराख्नु निकै चुनौतिपूर्ण कुरा हो । अझ अहिलेको खुल्ला समाज, पति पत्नी दुबैको रोजगारीको अवस्था तथा आबद्धता जस्ता विषयहरु पारिवारिक खटपटका लागि निकै जिम्मेवार हुने गरेका छन् ।

तर यस्तो चुनौतिपूर्ण अवस्थामा पनि श्रीमान श्रीमतीमा आपसी विश्वास भयो भने वैवाहिक सम्बन्ध दीगो रहन्छ । दाम्पत्य सम्बन्धलाई दीगो बनाउने ५ उपाय यस्ता छन्ः

माफी माग्नुः  विवाह तथा प्रेमको मामिलामा प्रायः मानिसहरु रिस तथा इगोमा परेर कतिपय अपि्रय निर्णयहरु गर्दछन् जसले आपसी सम्बन्धलाई बिगार्दछ । त्यसैले सदैव आफ्नो गल्तीलाई स्विकार्ने बानी बसाल्नुपर्छ । झगडा बढ्दा आफु शान्त हुने उपाय अपनाउनुपर्छ । माफ गर्नुस् तथा धन्यवाद भन्ने जस्तो शव्दहरु झगडा हुँदा प्रयोग गर्न सबैलाई गाह्रो हुन्छ । तर आफुले गल्ती गरेको बेला माफी माग्न नहिच्किचाउनुहोस् ।

समयको मूल्यलाई बुझ्नेः कुनैपनि नाता सम्बन्धलाई जिवनभर सम्हाल्नका लागि त्यसमा समय त खर्च गर्नैपर्ने हुन्छ । त्यसैले आफ्नो पार्टनरका लागि उचीत मौकामा पर्याप्त समय दिनुहोस् । गरेको बाचा पूरा गर्ने गर्नुहोस् । समयको सदैव ख्याल गर्नुहोस् ।

एक अर्काको कुरा बुझ्ने बानी बसाल्नेः कुराकानीको क्रममा वादविवाद हुनु हरेक दम्पत्तिमा सामान्य कुरा हो । कतिपय अवस्थामा विचारमा टकराव पनि आउन सक्दछ, जसले सम्बन्धलाई नै टुटाइदिन सक्छ । त्यसैले विचार तथा अडानमा लचिलो बन्ने र एक अर्काको कुरा तथा भावनालाई बुझ्ने कोसिस गर्नुपर्छ ।

यौन जिवनलाई हेलचेक्राइ नगर्नेः अधिकतम विवाहति जोडीहरुबीचको अन्तरंग सम्बन्धमै उत्पन्न हुने खराबीका कारणउनीहरुको सम्बन्धमा खाडल उत्पन्न हुने गर्दछ । त्यसैले दाम्पत्य सम्बन्धलाई दिगो बनाउनका लागि सुखमय यौन सम्बन्धलाई पनि मजबुत बनाउनुपर्छ ।

विश्वासः हरेक समय आफ्नो पार्टनरमा शंका गर्नु ठीक हुँदैन, न त पार्टनरमा अन्धविश्वास गर्नु नै ठीक हो । एक अध्ययन अनुसार ७० प्रतिशत विवाहित पुरुषहरु परस्त्रीसँगको सम्बन्धमा हुन्छन् भने ५० प्रतिशत विवाहित महिलाहरु पनि परपुरुषसँगको सम्बन्धमा रहेका हुन्छन् ।एजेन्सीको सहयोगमा


Loading...

बिरामी बोकेकै कारण फोर्स ल्यान्डिङ गराएनन् पाइलटले.....



काठमाडौं, साउन २५ । उपचारका लागि पाँचदिने शिशु र १९ वर्षीया सुत्केरी प्रीति गुरुङसहित गोरखाको फिलिमका ६ जना यात्रु बोकेर आएको फिस्टेलको हेलिकप्टर काठमाडौं विमानस्थलदेखि १० माइल (एक माइल बराबर १.६ किलोमिटर) उत्तरपश्चिममा रहेको नुवाकोटको आकाशमा थियो ।

करिब ४ देखि ६ मिनेटपछि बालाजुपास नाघेर यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसक्थ्यो । तर दुर्भाग्य, नीजि क्षेत्रको अग्रणीमध्येमै पर्ने फिस्टेल एयरको ५ वर्षअघि इटालीबाट खरिद गरेको सेकेन्ड ह्यान्ड बीटू हेलिकप्टर नुवाकोटको बेतनीस्थित चुच्चेभीरमा ठोक्कियो ।

उड्डयन नियमअनुसार १० माइलपछि हेलिकप्टरले एप्रोच टावरसँग संवाद गरिरहेको भीएचएफ फ्रिक्वेन्सी बदलेर टावरसँग संवाद गर्नुपर्छ । १२ बजेर २७ मिनेटमै १० माइलमा पुगेको हेलिकप्टरले टावरसँग कुराकानी नगरेपछि काठमाडौंको टावरबाट एटीसी तुलसीमाया पौडेलले हेलिकप्टरलाई कल गरेकी थिइन् । उनले कल गरेको पाँच मिनेटपछि २७ वर्षीय क्याप्टेन रत्तजन लिम्बुले आफू काठमाडौंबाट १० माइल मै भएको र ५ हजार ५ सय फिट उचाइमा रहेको बताएका थिए ।

क्याप्टेन लिम्बु र एटीसी पौडेलबीच यो संवाद हुँदा १२ बजेर ३० मिनेट भएको थियो ।

त्यसबेला एटीसी पौडेलले उडान उचाई ४ हजार ८ सय फिटमा झार्दै बालाजु आसपासमा पर्ने हेलिकप्टरको बाटो मैजुल्याण्ड लेन पछ्याउँदै एक माइल पश्चिममा आएर खबर गर्न भनेकी थिइन् । तर त्यसपछि टावर र लिम्बुको सम्पर्क हुन सकेन । १२ः३२ मा भएको संवाद नै अन्तिम भयो ।

फिस्टेल एयरका सीआईओ सुमन पाण्डेका अनुसार क्याप्टेन लिम्बु १० माइल नजिकै आएपछि भारी वर्षा र बाक्लो कुहिरोमा परे । फिस्टेलले आफ्नो कार्यालयमा राखेको जीपीएस सिस्टमबाट हेर्दा उनले काठमाडौं उपत्यकाभित्र छिर्न शिवपुरी र रानीपौवाबाट ट्राइ गर्दै फर्किदैं गरेका थिए ।

विमानस्थलका एक अधिकारीका अनुसार भीएफआर (हेर्दै अघि बढ्ने) प्रणालीमा उड्ने हेलिकप्टरले बादलभित्र छिर्नै मिल्दैन ।

‘यसले बादलमा नछिरेर कतै फोर्स ल्यान्डिङ गर्न सक्थ्यो, तर बिरामी भएकै कारण जसरी पनि उपत्यकाभित्र आउन खोजेको देखिन्छ,’ ती अधिकारीले भने । –कान्तिपुर दैनिकबाट


Loading...

मलेसियामा एक नेपाली चेलीको बंगाली बोईफ्रेन्ड द्धारा यसरी हत्या......हेर्नुहोस....

मलेशियाको पेनाङ राज्य स्थित अगष्ट ६ तारिखका दिन एक बंगाली बोईफ्रेन्डले हेटौडा निवासी अनिता तामाङको हत्या गरेको खबर प्राप्त भएको छ । उनी बिगत ३ वर्ष देखि पेनाङ राज्य स्थित JCY नामक बिशाल कम्पनीमा कार्यरत थिईन । बिगत ५ महिना अघि देखि उक्त कम्पनी छाडी अवैधानिक तवरले सो बंगालीसँग बस्दै आएका थिए । समचार साभार हाम्रो उदयपुर नामक फेशबुक पेजबाट ! समाचार पूर्ण पुष्टि हुन बाँकी छ ।

Loading...

काठमाडौंको खानेपानी दिसा मिश्रित :पानी हैजाको प्रसारको मुख्य स्रोतः चिकित्सक.......हेर्नुहोस




श्रावण २४, २०७३- हालै गरिएको एउटा परिक्षणका अनुसार राजधानीमा उपयोग गरिने खानेपानी मध्ये करिव आधा जतिमा दिसा मिसिएको अवस्था छ ।

हैजा प्रसारको प्रमुख श्रोत खानेपानी समेत भएकोले इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले टैकर, रिजर्भ टंकी, जारको पानी लगायत बाट संकलित ९६ वटा पानीको नमुना परिक्षण गरेको थियो । उक्त नमुना मध्ये ४६ वटामा कोलिर्फम अर्थात दिसा को उपस्थिति थियो ।

'हामीले संकलन गरेका मध्ये करिव ५० प्रतिसत पानी कोलिर्फमले प्रदुषित थिए', महाशाखा अन्तर्गतका इपिडिमियोलोजी शाखा प्रमुख डा.गुणनिधि शर्माले भने-'पानीमा कोलिर्फम देखिनुको अर्थ नै दिसा मिसिएको अवस्था हो ।'

विश्व स्वास्थ्य संगठन-डव्लुएचओ)को अनुसार हैजाले संक्रमित करिव ८० प्रतिसत व्यक्ति मा कुनै लक्षण विकसित नभए पनि उनिहरुको दिसामा हैजा उत्पन्न गर्ने व्याक्टेरिया १० दिन सम्म रहन सक्छ । यो दिसा वातावरणमा गएर अरुलाई सक्रमित पार्दै रहन्छ ।

हैजा, झाडा पखाला मुख्य रुपले खाने पानी, खाद्यपदार्थको माध्यमले फैलिने भए पनि खाना परिक्षण भने गरिएको छैन । खाद्य परिक्षण को दायित्व इपिडिमियोलजीको नरहेको उल्लेख गर्दे डा.शर्माले हाल खाने पानी हैजाको प्रसारको एउटा मुख्य श्रोतको रुपमा देखिएको बताए ।

हैजाको संक्रमण सवै भन्दा कान्छो साढे चार वर्षको वालक देखि ६० वर्ष सम्मका हरुमा समेत देखिएको छ । तर सवै भन्दा बढी संक्रमण १५ देखी २५ वर्ष उमेर समुहमा देखिएको डा.शर्मा वताउछन । यो समुह अन्तर्गत प्रभावितहरुमा कामदार र विद्यार्थी बढी छन । डा.शर्माका अनुसार हैजा, झाडा पखाला प्रसोधित पानी नखाने समुहमा बढी देखिएको हो ।

हाल सम्म राजधानीमा ४१ वटा प्रयोगशाला प्रमाणित हैजाको केस देखिएको छ । काठमाडौंको दाजोमाम यस पटक ललितपुरमा हैजाको केस बढी देखिएको हो ।

गत वर्षको दाजोमा यस पटक एक महिना अघि नै राजधानीमा हैजा देखिन शुरु भएको हो । पोहर मुख्यरुपमा काठमाडौ.मा बढी देखिएको प्रकोप अन्तर्गत प्रयोगशाला प्रमाणित ७६ वटा हैजाको केस देखिएको थियो ।

हैजाको जीवाणु शरीरमा प्रवेश गरेपछि यो रोगको लक्षण २ घण्टादेखि ५ दिनसम्ममा देखिन सक्छ । हैजाको संक्रमण अवधि निकै कम भएकाले यो तुरुन्तै फैलिन सक्ने रोग मानिन्छ । समयमै उपचार नपाए बिरामीको मृत्युसमेत हुन्छ ।
कान्तिपुर समाचारबाट साभार


Loading...

हेलिकप्टर कसरी पर्‍यो दुर्घटनामा.....हेर्नुहोस





श्रावण २४, २०७३- उपचारका लागि पाँचदिने शिशु र १९ वर्षीया सुत्केरी प्रीति गुरुङसहित गोरखाको फिलिमका ६ जना यात्रु बोकेर आएको फिस्टेलको हेलिकप्टर काठमाडौं विमानस्थलदेखि १० माइल (१ माइल बराबर १.६ किमि) अर्थात १६ किलोमिटर उत्तरपश्चिमको नुवाकोटे आकाशमा थियो । करिब ४ देखि ६ मिनेटपछि बालाजुपास नाघेर यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसक्थ्यो ।

तर दुर्भाग्य, निजी क्षेत्रको अग्रणीमध्येमै पर्ने फिस्टेल एयरको ५ वर्षअघि इटालीबाट खरिद गरेको सेकेन्ड ह्यान्ड बीटू हेलिकप्टर नुवाकोटको बेतनीस्थित चुच्चेभीरमा ठोक्कियो । ६१ वर्षअघि सुरु नेपाली उड्डयन इतिहासमा यो १०३ औं हवाई दुर्घटनामा यो लेखिन पुगेको छ । नागरिक उड्डयनका अनुसार त्यसमध्ये हालसम्म ९८ वटा आन्तरिक उडानमा रहेका जहाज नै दुर्घटनामा परेका छन्, जसमा सोमबार दुर्घटनामा परेको फिस्टेलको युरोकोप्टर बीटू ३२ औं हेलिकप्टर दुर्घटनाको सूचीमा परेको छ ।

काठमाडौंदेखि ३५ माइल (५६ किलोमिटर) हवाई दूरीमा पर्ने गोरखाको फिलिम पुग्न हेलिकप्टरले २० देखि २५ मिनेट समय लगाउँछन् । सोमबार बिहान क्याप्टेन रञ्जन लिम्बूले नै यो हेलिकप्टरलाई रसुवाको धुन्चे लगेका थिए । फिस्टेलका अर्का हेलिकप्टर पाइलट आशिष शेरचनका अनुसार त्यहाँबाट फर्केपछि लिम्बू साढे १० बजे फिलिमतर्फ उडेका थिए । १२ बजेतिर फिलिमबाट फर्केका उनले उडेको केही बेरपछि काठमाडौं टावरसँगै रहेको एप्रोच टावरलाई काठमाडौंबाट २५ माइल पर छु भनी लोकेसन टिपाएका थिए ।

विमानस्थलका निमित्त महाप्रबन्धक सुधीरकुमार चौधरीका अनुसार त्यसपछि उनले १५ माइल अनि १० माइलबाट आफ्नो अवस्था र उचाइबारे जानकारी गराएका थिए । १० माइलमा पुग्दा १२ बजेर २७ मिनेट गएको थियो । उड्डयन नियमअनुसार, १० माइलपछि हेलिकप्टरले एप्रोच टावरसँग संवाद गरिरहेको भीएचएफ फ्रिक्वेन्सी बदलेर टावरसँग संवाद गर्नुपर्छ । १२ बजेर २७ मिनेटमै १० माइलमा पुगेको हेलिकप्टरले टावरसँग कुराकानी नगरेपछि काठमाडौंको टावरबाट एटीसी तुलसीमाया पौडेलले हेलिकप्टरलाई कल गरेकी थिइन् ।

उनले कल गरेको ५ मिनेटपछि २७ वर्षीय क्याप्टेन रञ्जन लिम्बूले आफू काठमाडौंबाट १० माइलमै भएको र ५ हजार ५ सय फिट उचाइमा रहेको बताएका थिए । क्याप्टेन लिम्बू र एटीसी पौडेलबीच यो संवाद हुँदा १२ बजेर ३२ मिनेट भएको थियो ।

त्यसबेला एटीसी पौडेलले उडान उचाइ ४ हजार ८ सय फिटमा झार्दै बालाजु आसपासमा पर्ने हेलिकप्टरको बाटो मैजुल्यान्ड लेन पछ्याउँदै एक माइल पश्चिममा आएर खबर गर्न भनेकी थिइन् । तर, त्यसपछि टावर र लिम्बूको सम्पर्क हुन सकेन । १२:३२ मा भएको संवाद नै अन्तिम भयो ।

फिस्टेल एयरका सीईओ सुमन पाण्डेका अनुसार क्याप्टेन लिम्बू १० माइल नजिकै आएपछि भारी वर्षा र बाक्लो कुहिरोमा परे । फिस्टेलले आफ्नो कार्यालयमा राखेको जीपीएस सिस्टमबाट हेर्दा उनले काठमाडौं उपत्यकाभित्र छिर्न शिवपुरी र रानीपौवाबाट ट्राई गर्दै फर्किंदै गरेको देखाएको थियो । ‘आठ माइलसम्म भित्र आउँदै फर्किंदै गरेको जीपीएसबाट देखियो,’ सीईओ पाण्डेले भने, ‘त्यही बेला बुद्ध एयरको विमानले ल्यान्ड गरेको छ । यो हेलिकप्टरचाहिँ खराब मौसमको चपेटामा पर्‍यो ।’ हेलिकप्टर ठोकिएको पहाड करिब ६ हजार फिट उचाइमा रहेको छ । 

 विमानस्थलका एक अधिकारीका अनुसार भीएफआर (हेर्दै अघि बढ्ने) प्रणालीमा उड्ने हेलिकप्टरले बादलभित्र छिर्नै मिल्दैन । बादल छल्दै काठमाडौं उपत्यकाभित्र आउनुपर्ने हो । ‘यसले बादलमा नछिरेर कतै फोर्स ल्यान्डिङ गर्न सक्थ्यो, तर बिरामी भएकै कारण जसरी पनि उपत्यकाभित्र आउन खोजेको देखिन्छ,’ ती अधिकारीले भने । अधिकतम २०/२५ हजार फिटसम्म उड्ने क्षमता भए पनि सामान्यता हेलिकप्टर ६ हजार फिट हाराहारीमा भूमि हेरेर उडान गर्छन् । सोमबार दुर्घटनामा परेको बीटू हेलिकप्टर मौसम छल्ने प्रयास गर्दा दुर्घटनामा परेको आंकलन गरिएको छ । मन्त्री नभएको पर्यटन मन्त्रालयले यसबारे दुर्घटना जांच आयोग गठन गरिसकेको छैन ।इ कान्तिपुरबाट साभार

Loading...

भुत हुदैन भन्नेहरुले यो भिडियो नियालेर हेर्नुहोस भुत एस्तो हुदो रहेछ......... हेर्नुहोस [ भिडियो ]

Loading...

नेपाली कलाकार टोलीले मलेसियामा गरेको रोमान्स भाइरल भएपछि हेर्नुहोस्.....

यत्तिखेर समाजिक संजालमा भाइरल बन्दै गरेको यो भिडियो कुनै चानचुने भिडियो होइन । मलेसियामा कार्यक्रम लिएर गएका नेपाली कलाकार टोली फ्रेन्डसीप धामाको रुपमा निलो फिल्म स्टाइलमा बहिरिएको हो । ज्योति मगर लगायत नाम चलेका कलाकारहरुको चर्तिकला देख्दा जिब्रोे नकाट्ने कमै होलान् तर यो कार्यक्रम हुनु भन्दा अघिको रात गरेको रमाइलो भिडियो हो । हेर्नहोस् यो भिडियो>>>>>>>>>>>>>>>>>>>

Loading...

सदाबहार स्वस्थ र जवान रहन चाहानुहुन्छ ?.... नाङ्गै सुत्नुस्.


काठमाडौँ । मानिसले पछिल्लो समय स्वस्थ रहन हर तरहका उपायहरु अपनाउन थालेको छ । खाँदा बस्दा होस् वा सुत्दा समेत आफ्नो स्वास्थ्यका बारेमा जो कोही पनि जागरुक हुन थालेका छन् । यती हुँदा हुँदै पनि स्वस्थ रहनका लागी हामी कहीँ न कहीँ साना कुराले चुक्ने गर्दछौँ । साना साना कुरामा जो हामीले सहजै अबलम्बन गर्न सक्छौँ त्यस्ता कुरालाई हामीले बिर्सी रहेका हुन्छौँ ।

हामीले खाने, हिड्ने, बस्ने, सुत्ने हरेक कामबाट हाम्रो स्वास्थ्यलाई प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । स्वास्थ्यलाई प्रभाव पार्ने कामका रूपमा सुत्ने कामलाई पनि लिन सकिन्छ । हाम्रो सुत्ने तरिकाले पनि स्वास्थ्यमा प्रभाव पार्छ । सुत्ने बेलामा गर्ने काममा लुगा फुकालेर सुत्ने कामले पनि मानिसको स्वास्थ्यलाई प्रभाव पार्ने विज्ञहरूको भनाई छ । लुगा फुकालेर सुत्ने गर्नाले विभिन्न फाइदाहरू हुने तथ्य विभिन्न अनुसन्धानबाट पत्ता लागेका छन् ।

यसै क्रममा अष्ट्रेलियाली अध्ययनकर्ताले नांगै सुत्नका फाइदाबारे केही तथ्यहरु सार्वजनिक गरेका छन् । उनीहरूको दाबीअनुसार लुगा फुकालेर नांगै सुत्दा धेरै फाइदा पुग्ने गरेको छ । जस्तै नाङ्गै सुत्दा शरीरको तापक्रम र कोठाको तापक्रम समानान्तर हुन्छ । यसरी समानान्तर तापक्रमले शरीरमा एन्टी एजिङ हर्मोनको वृद्धि हुन्छ । यसले मानिसको छालालाई मुलायम बनाएर जवान देखीन मद्धत गर्छ ।

त्यस्तै लुगाविहीन अवस्थामा सुत्दा यौनजीवनमा समेत सकारात्मक प्रभाव पर्छ । आपसमा टाँसिएर सुत्दा छाला–छाला सम्पर्कले शरीरमा अक्सिटोसिनको स्तर बढ्छ । जुन यथोचित यौनजीवनका लागि उपयुक्त हुन्छ । यसरी सुत्दा ६ घन्टाभन्दा बढी निदाउन सकिन्छ । नियमित ६ घन्टा सुत्दा हृदयाघात, मधुमेह, डिप्रेसनलगायत जोखिमबाट टाढा रहन मद्दत पुग्छ ।

नाङ्गै सुत्दा अनिद्राको समस्याबाट छुटकारा पाउन सकिन्छ । नांगै सुत्दा शरीरको तापक्रम नियन्त्रित हुन्छ । यसले गहिरो निद्राका लागि सघाउ पुर्‍याउँछ । राति बारम्बार बिउँझने समस्याबाट मुक्ति मिल्छ । एजेन्सीको सहयोगमा

Loading...

Enjoy Yourself

Loading...
Blogger द्वारा संचालित.
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger