Latest Updates :

यी हुन् ...नयाँ लुगा किनेपछि धोएर लगाउनुपर्ने कारणहरु ... हेर्नुहोस...

SHARE THIS POST :
 नयाँ लुगा भन्ने वित्तिकै धेरैलाई यसलाई धोएर मात्र लगाउन पर्छ भन्ने ख्याल हुँदैन । किनकी हेर्दा सफा चट्ट परेको कपडा नलगाई किन धुने भन्ने धारणा व्याप्त छ । अझ नयाँ लुगा किन्नेबित्तिकै दराजमा थन्काएर विशेष अवसर वा पर्वमा लगाउने आम मानिसको आदत नै हो । तर, किनेर ल्याएको नयाँ लुगा एक पटक धोएर मात्र लगाउनको लागि विज्ञहरुले सुझाव दिएका छन् ।

कपडा निर्माता कम्पनीका विज्ञहरुका अनुसार नयाँ कपडा नधोई लगाउँदा रोगका किटाणु सर्नुका साथै छालासम्बन्धि विभिन्न रोग लाग्ने गर्छ ।


कपडामा विभिन्न प्रकारका रसायनहरु मिसाइएका हुन्छन् । कपडालाई आर्कषक र चम्किलो बनाउन ती रसायन प्रयोग गर्नुपर्ने हुन्छ । त्यसो त रसायन दलिसकेपछि लुगालाई निश्चित समय सुकाइएका नहुन सक्छन् । त्यसैले नधोइ लगाउँदा यी रसायनले छालजन्य रोग निम्त्याउने गर्छन् ।


लुगा रंग्याउन प्रयोग गरिने डाइज छालाका लागि खतरा हुन्छन् ‘नयाँ लुगा किनेपछि एक पटक राम्रोसँग धोएर मात्र लगाउनुहोस् । नत्र तपाईको पसिनामार्फत लुगाको रसायन शरिरमा पुगी विभिन्न रोग लाग्ने खतरा हुन्छ । नयाँ लुगामा बारम्बार रुपमा प्रयोग गरिने रसायन हुन फर्मालडिहाइदे रेसिन र एजो एनिलिने हुन् । यी रसायनले छालामा एलर्जी ल्याउने र डावर आउने गर्छ ।


फर्मालडिहाइदे रेसिन भने रंगहीन ग्याँस हो । लुगा खुम्चिन वा मुजा पर्नबाट जोगाउन यो ग्याँस नयाँ लुगामा प्रयोग गरिन्छ । यसले लुगालाई खुम्चिनबाट जोगाउँछ । तर, यो ग्याँसले छालामा एक प्रकारको एलर्जी ल्याउछ । केही वैज्ञानिकहरुका अनुसार त यो ग्याँस क्यान्सरको समेत कारक हो ।


लुगामा प्रयोग हुने विभिन्न रसायन, रंग र निर्माण पक्रियाले छालामा नयाँ नयाँ रोग निम्त्याउँछ ।

एउटा रोगी मानिसले परीक्षण गरेर पसलमा छोडेको लुगा अर्को मानिसले लगाउदा स्वत रोग सर्न सक्छ । अर्कोतर्फ पसलमा प्रकाशमा चम्किलो पारेर सजायका लुगामा पनि कुनै न कुनै कारणले धुलो मैलो मार्फत किटाणू सरेको हुनाले पनि अन्य रोगबाट बच्न नयाँ किनेको लुगा एक पटक धोएरै लगाउनुपर्ने विज्ञहरु बताउछन् ।



SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger