Latest Updates :

बिजुली बजारमा गुण्डा नाइके माथि गोलि प्रहार...घाइते भएपछी वीर अस्पतालमा भर्ना ... हेर्नुहोस ....

SHARE THIS POST :
  काठमाडौं, ९ असार । काठमाडौंको बबरमहलस्थित बिजुली बजारमा प्रहरीको गोली प्रहारबाट घाइते भएका गुण्डा नाइके भनिएका जसवन्त भनिने पूर्ण राईको वीर अस्पतालको ट्रमा सेन्टर उपचार भइरहेको छ ।


कलंकी लगायतका क्षेत्रमा गुण्डागर्दी गरेको आरोपमा परेको उजुरीको आधारमा पक्राउ गर्न बबरहमल पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोली माथि उल्टै राई आक्रमणमा उत्रेपछि गोली प्रहार गरेको प्रहरीको भनाइ छ ।

कलंकी, कालीमाटी, वाफल लगायतका क्षेत्रमा चन्दा असुल्ने, धम्क्याउने, र कुटपिट गर्ने गुनासो आएपछि प्रहरीले उनलाई खोजी रहेको थियो ।
बिहीबार दिउँसो विशेष सूचनाको आधारमा पक्राउ गर्ने पुगेको प्रहरीको गोली प्रहारबाट खुट्टामा दुईवटा गोली लागेको छ । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

यसअघि दुई वटा ज्यानमुद्दामा सफाइ पाएका जसवन्तविरुद्ध चार वटा आपराधिक उजुरी परेको प्रहरीको भनाइ छ ।


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger