Latest Updates :

अभिनेतृ गौरी मल्ल ‘दुर्व्यवहार’मा परेपछि न्याय माग्दै नेपाली दूतावासमा.......हेर्नुहोस्

SHARE THIS POST :
 काठमाडौं, १६ असार । पुरानी अभिनेतृ गौरी मल्लले आफूमाथि मानशिक तथा शारिरिक शोषण गरेको बताएकी छिने । उनेले जापानमा बस्ने एक नेपालीले आफूलाई जापानमा बोलाएर शोषण गरेको भनी टोकियोस्थित नेपाली राजदूतावासमा उजुरी दर्ता गराएकी छिन् । जेठ १८ गते उजुरी दर्ता गराएकी गौरीले ति व्यक्तिले ताकेता गरेर जापान बोलाएको र शारीरिक तथा मानसिक दुर्व्यवहार एवं यौन हिंसा गरेको उजुरीमा उल्लेख छ । ललितपुरको भैंसेपाटी घर भई जापानको साइतामा केनमा बस्ने शाक्य थरका एक नेपालीले आफूले हिंसाको शिकार बनाएको उनको उजुरीमा उल्लेख छ ।

पीडकको परिवारलाई अप्ठ्यारो पर्ने भन्दै गौरीले पीडकको नाम सार्वजनिक नगर्न सञ्चारकर्मीलाई आग्रह गरेकी छिन् । ३ लाख रुपैयाँ सहित गौरीलाई ती व्यक्तिले ताकेता गरेर जापान बोलाएको उजुरीमा उल्लेख छ । जापानका स्थापित फिल्मकर्मीहरुसम्म आफ्नो पहुँच रहेको भन्दै ती व्यक्तिले गौरीलाई जापानको कला क्षेत्रमा काम दिलाउने प्रलोभन देखाएर जापान बोलाएका थिए ।

गत मार्चमा जापान गएकी गौरी जापानमा करिब एक महिना बिताएर नेपाल फर्किइसकेकी छिन् ।

गौरीले आफूमाथि भएको दुर्व्यवहारको प्रमाण सुरक्षित राखेको बताएकी छिन् । ‘मैले त्यस व्यक्तिबाट एउटा लिखित माफीनामा चाहेकी छु,’ गौरीले भनिन, ‘दूतावासले यसमा पहल गरिरहेको होला ।’

तर, नायिका मल्लले उजुरी दिएको महिना दिन बितिसक्दा पनि दूतावासले कारवाहीको कुनै पहल गरेको छैन । मल्लले दूतावासका साथै एनआरएन जापानसमक्ष पनि न्याय माग्दै निवेदन दिएकी छिन् ।
मिडिया एनपी,बाट


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger