Latest Updates :

जब भेडा चराउने केटी बनिन् देशकै पहिलो महिला शिक्षामन्त्री… हेर्नुहोस्

SHARE THIS POST :

काठमाडौं, १६ असार । अमेरिकी राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफू अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भए मुश्लिमलाई प्रतिबन्ध लगाउने र आप्रवासीलाई आउन रोक्ने घोषणा गरेका छन् । उनी मेक्सिकन आप्रवासीहरुलाई अमेरिकाबाट निकाल्ने ढोका खोल्न चाहन्छन् । साथै हंगेरी र स्लोवाकिया जस्ता देशहरु पनि सिरियाको द्वन्द्वबाट विस्थापित आप्रवासीलाई शरण दिन तयार छैनन् ।

यस्तो भयानक अवस्थामा फ्रान्सकी शिक्षामन्त्री नजत बेल्कासेम सबैका लागि प्रेरणा बनेकी छिन् । यद्यपी बाल्यकाल गरिबी र अभावमा गुज्रेको होला तर, इमान्दार र लगनशील भए असम्भव केही छैन् भन्ने उदाहरण उनी बनेकी छिन्

मोरक्कोको एक सामान्य मुस्लिम परिवारमा जन्मिएकी उनी अहिले फ्रान्सको प्रथम महिला शिक्षा मन्त्री बनेकी हुन् । १९७७ मा जन्मिएकी नजत बेल्कासेमका पिता बल्डिङ कन्सट्रक्सनमा काम गर्थे । उनले भेँडा चराउने र त्यसकै दुध बेचेर परिवार पाल्थे ।

भेँडा चराएर फर्किएपछि मात्र नजत पढ्न पाउँथिन् । धेरै पैसा कमाउने सोंचेर नजतका पिता फ्रान्स आए र १९८२ मा छोरीलाई पनि त्यहीँ बोलाए ।


ब्यक्तिगत तवरमा मेहनत गर्दै पढाइ अघि बढाएर सन् २००२ मा पेरिस इन्स्टिट्यूट अफ पोलिटिकल स्टडिजमा ग्राजुएशन गरेकी नजत सोशलिष्ट पार्टीमा प्रवेश गरेर नागरिक अधिकारको आन्दोलन शुरु गरिन् । उनले नागरिकहरुलाई सस्तो घर दिलाउने आन्दोलनको नेतृत्व गरिन् । यसका साथ्र उनले भेदभावविरुद्ध पनि आन्दोलन गरिन् ।

सन् २००८ मा उनी रोन अलपाइनबाट काउन्सिल मेम्बर चुनिइन् । त्यसपछि उनले लगातार चुनाव जित्दै आएकी छिन् । सन् २०१२ मा नजतलाई महिला अधिकार मन्त्री बनाइयो । राष्ट्रपति फ्रान्स्वाँ ओलाण्डले उनलाई आफ्ना प्रवक्ता नै नियुक्त गरे ।

अन्ततः सन् २०१४ मा नजत देशकै पहिलो महिला शिक्षा मन्त्री बनिन्

नजत एक मोरक्कन मुश्लीम फ्रेञ्च मन्त्री हुन् । उनको बाल्यकाल भेडाको झण्डसँग वित्यो । नजतले आफ्नो वित, जन्मस्थान र अन्य कारण धेरै आलोचना र विभेद सहनुपर्यो । उनको विरुद्ध कन्जर्वेटिभ पोलिटिशन सेक्सिस्ट र नस्ली टिप्पणी खुब गरिन्थ्यो । उनीमाथि कैयौ लाल्छना पनि लगाइयो । उनको पोशाकलाई लिएर पनि विपक्षीहरुले भद्दा टिप्पणी गर्थे । यद्यपी नजत यसबाट कतिपनि बिचलित भइनन् डटेर सामना गरिन र आज सफलता चुमिन्
दैनिक नेपालबाट


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger