Latest Updates :

डेरामै यौन धन्दा चलाउने महिलालाई स्थानीय महिलाले नियन्त्रणमा लिई प्रहरीमा बुझाए....... हेर्नुहोस्

SHARE THIS POST :

कञ्चनपुर, असार १६ - लामो समय देखि डेरामै यौन धन्दा चलाउदैँ आएकी एक महिलालाई स्थानीय महिलाहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् ।

कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका १० का महिलाहरुले एक यौनकर्मी महिलालाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका हुन् ।

स्थानीय महिलाले चालीस वर्षिया ती महिलाको अवैध यौन क्रियाकलापका कारण समाजको वातावरण बिग्रिएको भन्दै नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको जनाइएको छ ।

डेरा गरेर बस्दै आएकी ती महिलाले डेरामै यौनजन्य गतिविधि गर्न थालेपछि प्रहरीसमक्ष बुझाउन स्थानीय महिलाले नै ल्याएको प्रहरीले जानकारी दिएको छ ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger