Latest Updates :

गुडिरहेको बसको ढोकाबाट खसेर सिंहको मृत्यु ...हेर्नुहोस....

SHARE THIS POST :
असार १६, कैलालीको पहलमानपुरमा गुडिरहेको बसको ढोकाबाट खसेर सहचालकको मृत्यु भएको छ ।

पहलमानपुर १ पेट्रोल पम्प नजिकै पूर्वबाट पश्चिम आउँदै गरेको से १ ख १३३९ नम्बरको बसको ढोकाबाट खसेर सहचालक सुमन सिंहको मृत्यु भएको हो ।

अत्तरीयाका ट्राफीक प्रहरी जवान खडक सिंह ऐरले बसको ढोकामा उभिराखेका बाजुरा जुकोट गाविस २ का अन्दाजी १७ वर्षीय सुमनको ढोकाबाट सडकमा खसेर मृत्यु भएको बताएका छन् ।

बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका सिंहको पद्मा अस्पताल अत्तरियामा सामान्य उपचारपछि थप उपचारका लागि भारतको बरेली लैजाने क्रममा बाटोमै ज्यान गएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

बस चालक धनगढी नगरपालिकाका ३० वर्षका सरोज आर्चाय भने फरार रहेको जनाउँदै प्रहरीले उक्त घटनापछि बसलाई नियन्त्रणमा लिएको बताएको छ ।




SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger