Latest Updates :

साइकल पाउँदा झापाका विद्यार्थी फुरुङ्ग.......हेर्नुहोस्

SHARE THIS POST :
झापा । माइनो टुडु पशुपति उच्च माध्यमिक विद्यालय राजगढमा कक्षा १० मा अध्ययन गर्छिन् । उनी अध्ययनका लागि घेरावारी–३ घरबाट झण्डै ७ किलोमिटर उत्तरमा रहेको राजगढ आउने गर्छिन् ।विद्यालयमा नियमित पठन – पाठन शुरु भएको पनि अढाइ महिना भइसक्यो । तर, उनी अध्ययनका लागि कक्षामा कमै मात्र उपस्थित हुन्छिन् । उनमा पढ्ने इच्छा तीव्र छ ।

तर, इच्छा भएर पनि आर्थिक अवस्था कमजोर भएका कारण उनलाई पढाइमा समस्या भएको हो । खिन्न मन लिएर धेरै पटक उनी विद्यालय आएको अनुभव सुनाउँदै उनी भन्छिन्–घरको सारा काम सकेर स्कूल आउनुपर्छ । स्कूल आउन एउटा पनि साइकल छैन ,हिडेरै स्कूल आउँछु पशुपति उच्च माध्यमिक विद्यालयको परिसरमा विहीवार भेटिएकी उनले भनिन्– कक्षा ९ मा पढ्दा त झन् लामो समयसम्म स्कूल नै आउन पाइन ।खिन्न मुद्रामा भेटिएकी उनी छिन भरमा नै फुरुङ्ग भइन् । उनका मुहारमा एका – एक खुशीका रेखाहरु दौडिए ।

कारण थियो – उनलाई सूर्योदय अनाथ आश्रम काठमाडौले साइकल प्रदान गर्नु ।साइकल नभएकै कारण विद्यालय आउन असहज भएको भन्दै आश्रममले उनीसहित १४ छात्रालाई एकै पटक साइकल प्रदान गरेको थियो । नयाँ साइकल पाएसंगै उनी मात्रै होइन सोही विद्यालयका १३ छात्रा र अमृत निमाविमा अध्ययनरत एक गरी १४ जना विद्यार्थी फुरुङ्ग देखिन्थे । काठमाडौंमा मुख्य कार्यालय रहेको आश्रममले विपन्न समुदायका वालवालिकालाई साइकल प्रदना गरेको थियो । साइकल पाएसंगै घेरावारी –३ कि टुडु जस्तै अमृका राई,राजगढ–९ कि सञ्जु नेपाली पनि फुरुङ्ग थिए ।

उनीहरु जस्तै फुरुङ्ग थिए – राजगढ–९ निवासी वन्दना राउत ,संगीता टुडु, घेरावारी –३ निवासी एलिसा किस्कू, राजगढ–९ निवासी संगीता टुडु, रीना तामाङ, लक्ष्मी केरुङ, राजगढ –४ निवासी मनिषा खड्का, राजगढ–१ निवासी शान्ति हेमरम,घेरावारी–३ निवासी कल्पना राई, अस्मिता परियार र राजगढ–१ निवासी अञ्जु मगर पनि ।
पुर्बेली न्युज बाट


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger