यस्तापनि छाेरा बुहारी – जसकाे कचकचले जन्मदिने अामाबुवालार्इ बिष पिउन बाध्य बनायाे : अामाकाे मृत्यु : बाबु सिकिस्त......हेर्नुहोस यो दुखत घटना
डडेल्धुराको चिपुर गाविसका एक वृद्ध दम्पतीले छोराबुहारीको कचकच सकन नसकेको भन्दै विष सेवन गरेका छन् । सँगै विष सेवन गरेका दम्पत्ती मध्ये श्रीमतीको मृत्यु भएको छ । छोराबुहारीको सधैँको कचकच सहन नसक्दा चिपुर वडा नं २ का ६५ वर्षीय शङ्कर भट्ट र उनकी श्रीमती ५५ वर्षीया धनादेवी भट्टले बुधबार साँझ विष सेवन गरेको प्रहरीले जनाएको छ ।
विष सेवनबाट धनादेवीको मृत्यु भइसकेको छ भने उनका श्रीमान शङ्करको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । घरमा छोराबुहारीसँगको मनमुटाव पछि वृद्ध दम्पतीले विष सेवन गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।छोराबुहारीले सधैँ मानसिक यातना दिने गरेका कारणले विष सेवन गरेको उपचारमा रहेका शङ्करले बताएको कुरा उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ ।
उनीहरुले मुसा मार्ने आषधि र नोभान नामक विषादी डिस्टिल वाटरमा मिसाएर सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका मुद्दाफाँटका प्रहरी नायब निरीक्षक करवीर ऐरले जानकारी दिए । पछिल्लो तथ्याकं अनुसार डडेल्धुरामा आत्महत्या गर्नेको सङ्ख्या निकै बढिरहेको छ ।
पुर्बेली न्युजबाट
Loading...
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें