Latest Updates :

शव बुझ्न विमानस्थल पुगे प्रधानमन्त्री ओली, एयरपोर्टमा रुवाबासी (फोटो फिचरसहित).....हेर्नुहोस....

SHARE THIS POST :

 अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती बम हमलामा ज्यान गुमाएका मृतकको शब लिएर नेपाल वायुसेवा निगमको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका छ। दिउँसो २ बजेर ४० मिनेटमा जहाज विमानस्थलमा अवतरण गरेको हो ।

मृतकका आफन्तहरु बिहानैदेखि विमानस्थलबाहिर उपस्थित भएका छन् भने उनीहरुको उपस्थितिले विमानस्थलमा सन्नाटा छाएको छ । मृतक १२ जना नेपालीका प्रायः आफन्त विमानस्थल आइपुगेका छन् । मृतकहरुका छोराछोरी, बुबाआमा, दिदीबहिनीलगायतका आफन्तहरु यतिबेला विमानस्थलमा रहेका छन् ।


प्रधानमन्त्री ओली विमानस्थलमा
प्रधानमन्त्री ओली विमानस्थलमा पुगेका छन् । काबुलमा सोमबार भएको आत्घाती हमला परि ज्यान गुमाएकाको शव विशेष विमानबाट त्रिभुबान विमान स्थाल ल्याएको छ ।शव बुझ्न प्रधानमन्त्री ओली विमानस्थल पुगेका छन् । काबुलमा मारिएको शव बुझ्न प्रधानमन्त्री केपी ओली ,उपप्रधान एबं पराष्ट्रमन्त्री कमल थापा रगृहमन्त्री शत्तिर बस्नेत लगाएत सुरक्षा निकायका प्रमुख र सरकारी उच्च तहका अधिकारी विमानस्थल पुगेका हुन् ।

२४ जना नेपाली पनि सँगै फर्किए

यस्तै, शव लिन गएको जहाजमा अन्य २४ जना नेपाली पनि घर फर्किएका छन् । उनीहरुलाई पनि सोही जहाजमार्फत नेपाल ल्याइएको छ । नेपाल फिर्ता आएका कामदार पनि काबुलस्थित क्यानेडियन दूतावासको सुरक्षामा खटिएका साब्रे इन्टरनेशनल (बेलायती कम्पनी) सम्बद्ध हुन् ।

५ घाइते उपचारका लागि दिल्लीमा


यसैबीच पराराष्ट्र मन्त्रालयले पाँच जना घाइतेलाई थप उपचारका लागि बिहान १० बजे काबुलबाट भारतको राजधानी नयाँ दिल्ली लगिएको छ । उनीहरुलाई साफी एयरलाइन्सको ४क्यु २४३ विमानबाट दिल्ली लगिएको जनाएको छ । दिल्ली उपचारार्थ लगिएकाहरुमा प्रेम बहादुर छेत्री, चेत प्रसाद शेरचन, कुमा बहादुर गुरुंंग, कृष्णकुमार देउजा र अम्रित रोकाया क्षेत्री रहेका छन् । -अनलाईन खबर









SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger