Latest Updates :

तेल लगाउँदा शिशुको लिंग मालिस गर्नु राम्रो ...हेर्नुहोस अरु के के गर्दा के हुन्छा - डा. आरपी चौधरी

SHARE THIS POST :

डा. आरपी चौधरी
बाल–शल्यचिकित्सक,
कान्ति बाल अस्पताल



झट्ट पढ्दा अचम्म लाग्ला । तर, बच्चाको स्वास्थ्यका लागि यो गम्भीर पाटो हो । गाउँका हजुआमाहरूले साना नातिलाई तेल लगाउँदा लिंग (पेनिस) तन्काइदिने तथा खेलाइदिने गर्छन् । नयाँ पुस्ताका आमाहरू यस विषयमा खासै जानकार छैनन् । त्यसैले त बच्चाको लिंगमा निम्तिएका ठूला समस्या लिएर आमा–बाबु अस्पताल पुग्ने गरेका छन् । समस्या पुरानो भइसकेपछि अपरेसन गरेर लिंगको टुप्पाको छाला नै फाल्नुपर्ने हुन्छस्

बच्चाको लिंग किन मालिस गर्ने ?


बच्चाको उमेरअनुसार लिंगको पनि वृद्धि हुन्छ । लिंगको वृद्धिसँग लिंगको बाहिरी पत्र (छाला) पनि बढ्नु आवश्यक हुन्छ । लिंगको मुखतिरको भाग (सुपारी) बढ्यो, तर त्यसलाई घेरेको छाला बढेन भने समस्या सुरु हुन थाल्छ । छाला नखुल्दा भित्रको फोहोर बाहिर निस्किन नपाउने र फोहोर जमेर इन्फेक्सन हुन्छ । लिंगको एउटा पाटोतिर केही सुन्निएजस्तो बाहिरबाट हेर्दा नै देखिन्छ । सुन्निएको ठाउँमा छाम्दा गिलो हुन्छ । बच्चालाई पिसाब फेर्न गाह्रो हुन्छ । छालाको टुप्पो भाग फुल्न थाल्छ, यसलाई मेडिकल भाषामा ‘फाइमोसिस’ भनिन्छ । त्यसैले समस्या ननिम्तिनका लागि सुपारीलाई घेरेर बसेको छालाको भाग खुल्नु आवश्यक हुन्छ । सानैदेखि हल्का तेल लगाएर छाला तन्काइदिने, खेलाएर बिस्तारै छाला खोलिदिने प्रयत्न गर्नुपर्छ । सुरुदेखि यो काम गरिदियो भने बच्चाको लिंगमा समस्या निम्तिँदैन ।

समस्या लम्बिए छाला नै फाल्नुपर्छ


तेल लगाएर खेलाइदिँदा धेरैको समस्या नै आउँदैन । तर, तेल लगाउँदा पनि समस्या कायम रहे या अभिभावकले खेलाँची गरे जटिल मोडमा पुग्छ । कतिपय बच्चामा सुन्निने समस्या देखिइसकेपछि पनि तेल लगाएर खेलाइदिँदा केही समयमा आफैँ ठीक भएर जान्छ । खेलाउँदा नखुलेको छाला फर्काउने प्रयास हुनुपर्छ । सुपारीको भाग पूरै देखिने गरी छाला फर्काउनुपर्छ ।


एक महिनाजति तेल लगाएर प्रयास गर्दा पनि प्रगति देखिएन भने चिकित्सकको सल्लाहमा मलम प्रयोग गर्न सकिन्छ । मलमले पनि सकारात्मक प्रभाव देखाएन भने समस्या जटिल भएको बुझ्नुपर्छ । सुपारीमै छाला टालिएको खण्डमा यस्तो हुन्छ । यसको उपचार तेल या मलमले गर्न सक्दैन । सर्जरी गरेर छालाको भाग काटेर फाल्नु नै एक मात्र उपचार हुन्छ । आठ–दश वर्षका बच्चामा यस्तो समस्या लिएर अभिभावक अस्पताल आउने गर्छन् । बच्चा ठूलो भएपछि घरमा तेल तथा मलम लगाएर खेलाउन नदिने भएकाले अभिभावकहरू हैरान हुन्छन् ।

यो विचार गर्नुहोस्

बच्चाको लिंग खेलाउँदा धेरै जोड नलगाउनुहोला । जबर्जस्ती गर्न खोज्दा अर्को समस्या निम्तिन सक्छ । छाला खुल्ने काम एकै दिनमा हुँदैन ।

तेल या मलम नलगाई छाला खुलाउने प्रयास नगर्नुहोस् । नरम बनाएर नदुख्ने गरी मात्रै यो काम गर्नुपर्छ ।

हरेक दिन बिस्तारै–बिस्तारै एक स्टेप बढी खुलाउने जोड गर्नुहोस् । सुपारीसँग छाला टालिएको छैन भने अधिकांशको केही दिनमै धेरै खुलिसक्छ । छाला जोडिएकै छ भने त अपरेसन गरेर छाला फाल्नुपर्ने नै हुनसक्छ ।
समस्या ननिम्तिँदै पहिल्यै खेलाइदिन चिकित्सकसँग परामर्श लिनुपर्दैन, तर लिंग सुन्निइसकेको छ भने चिकित्सकसँग परामर्श गरेर अगाडि बढ्नु उत्तम हुन्छ ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger