Latest Updates :

श्रीमतीलाई जलाएर हत्या गरी मलेसीया गएका नगरकोटी पक्राउ..हेर्नुहोस ....

SHARE THIS POST :
काठमाडौं, असार १२ । विसं २०५६ पुस १६ गते राति कोटेश्वरका नवराज नगरकोटीले आफ्नै श्रीमतीको शरीरमा आगो लगाइदिए । आफ्नै श्रीमती रिना श्रेष्ठको शरीरमा मट्टीतेल खन्याई आगो लगाएपछि जलेर घाइते उनको शिक्षण अस्पतालमा पुस १८ मा मृत्यु भयो । उनी फरार भए ।

फारार भएको १७ वर्षपछि श्रेष्ठलाई ललितपुर इमाडोलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । कारागार कार्यालय डिल्लीबजार ब्युरोका अनुसार उनलाई फैसला कार्यान्वयनका लागि आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएको हो ।

मृतक रिना श्रेष्ठकी आमा शान्ति श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी श्रेष्ठ भएको कर्तव्य ज्यान मुद्दामा काठमाडौं जिल्ला अदालतले श्रेष्ठलाई सफाइ हुने गरी गरेको विसं २०५८ असार ७ गतेको फैसलालाई पुनरावेदन अदालत पाटनले उल्ट्याउँदै २०६२ कात्तिक ६ गते सर्वस्वसहित जन्म कैदको सजाय हुने गरी फैसला सुनाए लगत्तै नगरकोटी फरार भए । उनी फेसला लगत्तै मलेसीया पुगे ।

२०६६ सालमा नेपाल फर्के पुनः अर्को विवाह गरे । तर प्रहरीले उनको खोजतलास सुक्ष्म रुपमा जारी नै राख्यो । तर कानुनका आँखा भित्तामा पनि हुन्छन् भनेझै प्रहरीले उनलाई बालकुमारीबाट पक्राउ गर्न सफल भयो ।
मिडिया एनपी बाट 
 

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger