एजेन्सी । हिजोआज कपिंग थेरापी फेसनकै रुपमा अगाडी बढेको छ । मानिसहरु यसको बाटोमा छिट्टै नै आर्कषित हुने गरेका छन् । तर कतिपय समयमा यसको परिणाम निक्कै नै घातक निस्किने गरेका छन् । जसको भुक्त भोगी हुन् ६३ वर्षे ली लिन । उनले मसाज पार्लरमा कपिंग थेरापी गराए ।
उक्त मसाज सेनटरमा कपिंग थेरापी गरे बापत ति पुरुषलाई भनिएको थियो कि तपाईले कपिंग थेरापी गरे पश्चात काँधको पिडा च्वाट्टै निको हुनेछ । त्यसपछि उनी दैनिकजासो नै कपिंग थेरापी गर्न मसाज सेन्टर धाउन थाले । कपिंग थेरापी नियमित गर्न थालेको एक महिना पछि उनको शरीरको पछिल्लो भागमा ठूला ठूला डरलाग्दा घाउहरु देखिन थाले ।
त्यो अवस्था सम्म पनि ली लिनलाई नियमित ली लिनलाई कपिंग थेरापी गरिराखिएको थियो । के हो कपिंग थेरापी ? कपिंग थेरापी भन्नाले सिसाको गिलासलाई स्क्रिनमा राखेर त्यसको मद्धतले शरीर भित्रको इनर्जीलाई निकाल्नु हो । कपिंग थेरापी गर्नेहरु भन्ने गर्छन् यो माध्यमबाट शरीर भित्रको गन्ध बाहिर फाल्ने हो ।
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें