Latest Updates :

ताप्लेजुङका व्यवसायी खड्काको हत्यामा संलग्न तीन अभियुक्त पक्राउ....हेर्नुहोस ....

SHARE THIS POST :
ताप्लेजुङ । ताप्लेजुङका व्यवसायी लालबहादुर खड्काको हत्यामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फुरुम्बु १ मयामका २३ वर्षीय गोली भनिने अर्जुन लेछर्बो, १८ वर्षीय सनेप भनिने सन्दिप लेछर्बो र सुरेश भनिने हिमाल लेछर्बो छन् । उनीहरुलाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।सदरमुकाम र फुरुम्बु एकस्थित आफ्नै घरमा व्यापार गर्ने व्यवसायी खड्काको गत जेठ २४ गते राति हत्या भएको थियो ।

चोरी गर्न गएका उनीहरुले धारीलो हतियार प्रयोग गरी खड्काको हत्या गरेको ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले बताए । मादक पदार्थ सेवन गरी खड्काको घरमा राति करिब साढे दश बजे हतियारसहित पुगेका उनीहरुले चामल किन्ने निहुमा ढोका खोल्न लगाई खुकुरी प्रहार गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।अभियुक्तमध्ये अर्जुन लेछर्बोले व्यवसायी खड्काको पछाडि पट्टीको घाँटीमा खुकुरी प्रहार गरेका थिए । हत्या पछि उनीहरुले नगद, जिन्सीसहित धनमाल लिएर फरार भएका थिए ।

घटनाको अनुसन्धान गर्न क्षेत्रिय प्रहरी कार्यालय, क्षेत्रिय अनुसन्धान समूह विराटनगरबाट पाँच जनासहित जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको टोलीलाई २० दिन लागेको थियो ।तीन हजारभन्दा बढी टेलिफोन कल र दुई सय बढीलाई सोधपुछबाट मात्र उनीहरु पक्राउ परेको प्रहरीको भनाइ छ । पक्राउ परेका तीन जनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको र घटनाका विषयमा थप अनुसन्धान अझै बाँकी नै रहेको प्रहरीले बताएको छ ।

सदरमुकाम र फुरुम्बु एकस्थित आफ्नै घरमा व्यापार गर्ने व्यवसायी खड्काको हत्या भएदेखि नै जिल्लाका व्यवसायीले अभियुक्त चाँडो सार्वजनिक गर्न प्रहरीलाई दबाव दिँदै आएका थिए ।अभियुक्तहरू सार्वजनिक गर्ने भन्ने सुन्नासाथ सदरमुकामबासी र स्थानीयको प्रहरी कार्यालयमा ठूलो भिड लागेको थियो भने अभियुक्तहरू सार्वजनिक गरीरहँदा पीडित परीवारको रुवाबासी चलेको थियो । न्युज 24 बाट


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger