Latest Updates :

आँप खाँदा ज्यान जाने डर ! कार्बाइडको अत्यधिक प्रयोग गरी बिक्री....हेर्नुहोस ....

SHARE THIS POST :
कञ्चनपुर, कञ्चनपुरका बजारमा भारतबाट ल्याइएका आँपमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने कार्बाइडको प्रयोग गरी बिक्री वितरण भइरहेको छ ।
भारतीय व्यापारीले प्रतिबन्धित कार्बाइड हालेर पकाएको आँप बिक्रीका लागि नेपाली बजारमा पु¥याइ रहँदा समेत कारबाही हुन सकेको छैन् ।

कार्बाइड हालेर पकाएका आँप भारतीय बजार खटिमा, बनवसा र बरेलीलगायतका ठाउँबाट व्यापारीले ट्रकमा राखेर सोझै महेन्द्रनगर, सुडा, दैजी, झलारी, गुलरिया र कैलालीको अत्तरियासम्म बिक्रीका लागि पु¥याउने गरेका छन् । भारतबाट दैनिक दुई ट्रक आँप पश्चिमी सीमानाका गड्डाचौकी हँुदै नेपाल भित्रिने गरेको महेन्द्रनगर मण्डीका व्यवसायी विशाल सोनारले बताउनुभयो ।आँप पाक्ने समयमा पनि बजारमा कार्बाइड हालेर पकाएको आँपको कारोबार निकै उच्च रहेको छ । उपभोक्तामा हानिकारक रसाइन प्रयोग गरिएको आँप खानु हुँदैन भन्ने जनचेतना नभएकै कारण खरिद गरेर लग्ने गरेको झलारीका स्थानीय बुद्धिजीवी दिलबहादुर ऐरले बताउनुभयो ।

मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने हानिकारक रसाइनको प्रयोग गरिएका आँप बिक्री भइरहँदासमेत स्थानीय प्रशासनले नियन्त्रणको प्रयास नगरेको उहाँले बताउनुभयो । “बजार अनुगमनको कार्य नहुँदासमेत व्यापारीले प्रतिबन्धित रसाइन प्रयोग गरेका आँपको कारोबार गर्दै आएका छन्” उहाँले भन्नुभयो ।

प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीले समेत हानिकारक कार्बाइड हालेर पकाएका आँप रोक्नका लागि पहल नगरेको उपभोक्ताको आरोप छ ।

रसाइन प्रयोग गरी पकाएका आँपको परीक्षण गर्ने उपकरणको अभाव र हेरेको आधारमा आँपको परीक्षण गर्नुपर्दा कुन आँप रसाइन प्रयोग गरेको र नगरेको छुट्याउन गाह्रो रहेको क्वारेन्टाइनका कर्मचारीले बताएका छन् ।

प्रचलित खाद्य ऐन २०२३ (हाल सम्म संशोधनसहित) ले कृत्रिम रसायन कार्बाइड प्रयोग गरी आँप पकाउन प्रतिबन्धित गरेको छ । खाद्य ऐनअनुसार प्रतिबन्धित यस्ता रसायन प्रयोग गरी आँप बिक्री वितरण गर्ने व्यवसायीलाई रु १० हजारदेखि २५ हजार जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । रासस



SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger