Latest Updates :

गर्भवती भएको थाहा पाएकै दिन सन्तान जन्मिएपछि …

SHARE THIS POST :
एजेन्सी । उत्तर अमेरिकाकी एक महिलाले आफू गर्भवती भएको थाहा पाएकै दिन सन्तान जन्माएकी छिन् । इलिनोस शहरकी एक महिलाले आफू ३९ साताको गर्भवती भएको थाहा पाएको केही घन्टामा नै सन्तान जन्माइन् । फक्स न्यूजका अनुसार हिदर कोलम्बस नाम गरेकी ती महिलाले ढाड र तल्लो पेटमा पीडा अनुभव गरेपछि उनलाई एउटा अस्पताल लगिएको थियो ।

चिकित्सकले उनको अल्ट्रासाउन्ड गरे । उनका श्रीमान मिचेल श्रमितलाई अल्ट्रासाउन्ड गराएर कार फर्काउन पार्किङ स्थल जाँदै थिए । तर, तत्कालै नर्सले उनकी पत्नीको कोखमा ३९ साताको गर्भ रहेको जानाकारी दिइन । सुत्केरी बेथाको कारण उनलाई पीडा भएको रहेछ । ‘त्यसपछि म पूर्ण  रुपमा सकमा पुगेछु’ कोलम्बसले भनिन् ‘नर्सको कुरा पहिला विश्वासै लागेन ।’

आफूमा नियमित मासिक धर्म भएको उनले बताइन् । अहिलेसम्म पेटमा सन्तान भएको आफूले कत्ति पनि अनुभव ागरेको उनको भनाई छ । उनको पेट पनि बाहिर निस्केको थिएन ।  उनले बच्चा चलेको समेत अनुभव गर्न सकिनन् । चिकित्सकका अनुसार कुनै कुनै महिलाले गर्भवती भएको थाहा पाउदैनन । यस्तो घटना बिरलै हुने चिकित्सकहरु बताँउछन् ।

नर्ससँग उनले गुनासो गरिरहकै बेला उनको कोखबाट सात पाउन्ड १३ ओन्सको बच्चा जन्मियो । त्यसपछि कोलम्बस जोडि थप आश्चर्यचकित भए । उनीहरुलाई विश्वास गर्न करै लाग्यो । झट्पट यो जोडिले सन्तानको नाम राख्यो जोसेफिनी कोलम्बस । जोसे आमाको ममिको नाउ थियो भने फिनी बाबुको आमाको । दुई हजुरआमाको नाम जोडेर यो दम्पत्ती नयाँ सदस्यसहित घर फर्कियो । उनीरुको अनौठो समचारले छिमेकी र साथीभाई पनि चकित भए । स्वास्थ्खबरबाट

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger