Latest Updates :

मर्निङवाकमा निस्किएका दम्पत्तिलाई बसले ठक्कर दिँदा पत्नीको मृत्यु, पति घाइते.....हेर्नुहोस....

SHARE THIS POST :
आइतबार, २६ असार २०७३,

जनकपुरधाम- प्रातकालीन भ्रमण (मोर्निङवाक) गरिरहेकाबेला पछाडिबाट बसले ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जनकपुर उपमहानगरपालिका–९ बस्ने ४५ वर्षीय शम्भु साह र उनकी श्रीमती ४२ वर्षीया प्रमिला साह बिहान ४ः३० बजे मर्निङवाक गरिरहेकाबेला ढल्केबरतिरबाट आएको बसले पछाडिबाट ठक्कर दिँदा प्रमिलाको घटनास्थलमै मृत्यु भएको छ भने उनका श्रीमान् शम्भुको बायाँ खुट्टा भाँच्चिएको छ ।

पिडारी चोक र रामानन्द चोकबीचमा भएको सो घटनापछि बस लिएरै चालक फरार भएका छन् ।

घाइते शम्भुको जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लैजाने व्यवस्था मिलाइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक गुणराज बुढाथोकीले बताए। फरार बस र चालकको खोजी तीव्र पारिएको छ । रासस



SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger