Latest Updates :

नयाँ ठाउँमा जाँदा किन निद्रा लाग्दैन......हेर्नुहोस्

SHARE THIS POST :

काठमाडौ । निद्रा मानिसका लागि निकै आवश्यक छ । यसले शरीरलाई स्वस्थ्य राख्नुका साथै थकान मेटाउन महत्वपूर्ण भूमिका खेल्छ ।

तर कतिपय अवस्थामा नयाँ ठाउँमा जादा होस् वा ओछ्यान बदल्दा, हामीमध्ये धेरैलाई निद्रा नलाग्ने समस्याले सताउँछ ।

आखिर नयाँ ठाँउमा जाँदा पहिलो रातमा हामीलाई किन निद्रा लाग्दैन त, थाहा छ ?

करेनट वायोलोजीमा नामक जर्नलमा प्रकाशित एक अध्ययन अनुसार कुनै पनि नयाँ ठाउँमा होस् वा नयाँ वातावरणमा जादाँ हाम्रो मस्तिकको आधा भाग सँधैभरी सतर्क अवस्थामा बस्ने गर्छ ।

यसले सुतेको अवस्थामा हामीलाई नयाँ माहोलबारे अदृश्य रुपमा जानकारी गराइरहेको हुन्छ । हामीलाई ब्युँझाइरहेको हुन्छ । जसको कारण ओछ्यान बद्लिएको पहिलो रात हामीलाई निद्रा लाग्दैन ।

प्रायः सबै मानिसलाई नै पहिलो रातमा यस्तो समस्या किन हुन्छ त ? जान्नकै लागि बेलायतस्थित ब्राउन युर्निभसिटीका अनुसन्धानकर्ताको समुहले ३५ जना स्वस्थ मानिसमा एउटा अनुसन्धान गरेको थियो । उनीहरुले हप्ता दिनको फरकमा ती मानिसहरुको पहिलो दुई रातको विस्तृत अध्ययन गरेका थिए ।

अध्ययनबाट उनीहरुले दिमागको दायाँ भागको तुलनामा बायाँ भाग निरन्तर व्युझिरहने तथा सर्तक रहने पाएका थिए ।

त्यसैगरी, उक्त भाग नौलो ध्वनी प्रति संवेदनशील रहने हुदाँ नौलो ठाँउमा दिमागले सम्भावित खतराबारे जानकारी दिइरहने गरेको अनुसन्धानबाट पत्ता लागको थियो ।

निद्राको प्रारम्भिक अवस्था अध्ययन गर्ने सोही समुहले यो प्रक्रिया दिमागको वायाँ भागमा रातभर रहन्छ वा बीच बीचमा दायाँतर्फ पनि सर्छ भन्नेबारे भने यकिन अध्ययन गर्न बाँकी नै रहेको जनाएका थिए ।एजेन्सीको सहयोगमा
 

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger