एजेन्सी , चीन र रूसले मिलेर संसारकै सबैभन्दा शक्तिशाली ड्रोन विमान ‘डिवाइन ईगल’ बनाएका छन , जो राडरले पनि पता लगाउन नसक्ने अमेरिकाको अदृश्य विमान स्टील्थ लाई पता लगाएर मारहान्न सक्षम रहेको छ । द इंडिपेंडेंटको रिपोर्टका अनुसार मे महिनामा डिवाइन ईगल को तस्वीर बाहिर ल्याएको छ ।विशेषज्ञले डिवाइन ईगललाई स्टील्थ विमानको शिकार गर्न ल्याइएको शिकारीको संघया दिएको छ । अमेरिकी वायुसेना डिवाइन ईगलका कारण निकै तनाबमा रहेको छ किनकी अमेरिकी वायुसेनाको सर्वोच्चता हतियार मानिएको स्टील्थ बिमानलाई पनि पता लगायर मारहान्न सक्षम भएपछि चीन र रूसका वायुसेना अमेरिकी वायुसेना माथि हाबी हुने देखिन्छ ।
डिवाइन ईगल यति ठुलो छ कि स्टील्थ ड्रोन पता लगाउने राडर पनि त्यसमा जडान गरिएको छ । यो अत्याधिक ऊंचाईमा उड्न सक्छ । एक विशेष रिपोर्टका अनुसार डिवाइन ईगलले ५०० किलोमीटर टाढा रहेको दक्षिण कोरियाको समुन्द्री तटमा रहेको स्टील्थ एफ-22 रॉफ्टरको सिग्नल पता लगाएको छ ।
पछिल्लो विशेष रिपोर्टका अनुसार चीन र रूस पछिल्लो २५ वर्ष देखि अत्याधुनिक राडर बिकसित गरेका छन् । उनीहरुले एक मेगा हर्ज देखि दुइ मेगा हर्ज लो ब्याण्ड भएको वीएचएफ राडर बिकसित गरेका छन ,जो वर्षाको आवाज देखि स्टील्थलाई पनि पता लगाउन सक्छ । डिवाइन ईगलमा त्यस्तै राडर लगाएको छ ।



एक टिप्पणी भेजें